Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेपालमा पोल्ट्री ब्यावसायको अवस्था, चल्ला उत्पादनमा नेपाल आत्मनिर्भर बन्दै

नेपालमा पोल्ट्री ब्यावसायको अवस्था, चल्ला उत्पादनमा नेपाल आत्मनिर्भर बन्दै

काठमाडौं, ७ चैत । नेपालमा हाल १ सय ३२ वटा ह्याचरी संचालनमा रहेका छन् । यी ह्याचरीबाट बार्षिक झण्डै १० करोड ब्रोईलर चल्ला र करिब १ करोड ५० हजार लेयर्स चल्ला उत्पादन हुने गरेको पशुपन्छी बजार प्रवद्र्धन निर्देशनालयले जानकारी दिएको छ ।

यस्तै देशमा स्थापना भएका २ सय ५९ बटा फिडमिलबाट वार्षिक करिब १५ लाख मेट्रिक टनको हाराहारीमा कुखुराको दाना तयार भई विक्री वितरण हुने गरेको पशु निर्देशनालयका डाक्टर बलराम थापाले जानकारी दिए ।

हाईसेक्स ब्राउन, नोभोजेन ब्राउन, एच एण्ड एन ब्राउन, हाइलाईन जातका लेयर्स तथा हब्बार्ड, मार्सल माई, अर्बोरएकर्स प्लस, कब ५०० र रोस ३०८, एसए ३१ एल जातका बोइलर तथा डुअल पर्पसका ईण्डिएन रिभर लोम्यान ब्राउन जातका कुखुराका प्यारेन्टहरु आयात गरी चल्ला उत्पादन र बिक्रि बितरण हुने गरेको जानकारी दिए ।

कुखुराको दानाका लागि आवश्यक कच्चापदार्थ सोयाविन केक, सोयाविन मिल, फिस मिल,सनफ्लावर केक, सिसम केक, ग्राउण्डनट केक र डिआयल मस्टार्ड केक, एमिनो एसिड फिड एडिटिभ्स, मिनरल मिक्स्चर भारत तथा तेस्रो मुलुकबाट आयात गरी स्वदेशमै उत्पादन हुने गरेको जानकारी दिए ।

अहिले चितवन सहित काठमाडौ, भक्तपुर, ललितपूर, काभ्रे, सिन्धुपाल्चोक, धादिङ, सुनसरी, मकवानपुर, रुपन्देही, कास्की, दाङ, र कैलाली जिल्लाहरुमा ब्यावसायिक कुखुरा पालन हुने गरेको छ । काठमाडौं उपत्यकाले कुखुराको मासु उत्पादनको ४० प्रतिशत र खपतको ६० प्रतिशत हिस्सा ओगटेको छ । देशभर दैनिक ८ लाख के.जी को हाराहारीमा कुखुराको मासु उत्पादन हुदैं आएको छ ।

सरकारले कुखुरा पालन गर्न चाहने किसानहरुलाई समुह बनाएर निःशुल्क तालिम, कोल्ड स्टोर स्थापनाका लागि बढीमा करिब ५० प्रतिशतसम्म सहयोग पु¥याउदैं आएको र दाना उत्पादन गर्ने उद्योगहरुलाई दानामा मिलाईने औषधीजन्य पदार्थ आयातमा न्यून १ प्रतिशत मात्र शुल्क लिने ब्यवस्था गरेकोे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x