Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नेपाललाई थप एयररुट दिन भारत सहमत

नेपाललाई थप एयररुट दिन भारत सहमत

काठमाडौं, २ असार । अन्तर्राष्ट्रिय उडानका लागि नेपाललाई थप प्रवेशमार्ग (एयर रुट) उपलब्ध गराउन भारत सहमत भएको छ । नागरिक उड्ययन प्राधिकरण र भारतीय विमानपत्तन प्राधिरणबीच काठमाडौंमा तीन दिन चलेको वार्ता आज सकारात्मक परिणाम सहित सम्पन्न भएको छ ।
नेपाल र भारत सरकारबीच सन् २०१६ को डिसेम्बर २० र २१ मा सम्पन्न हवाई सेवा सम्झौता वार्तामा थप हवाई प्रवेश बिन्दूको सम्बन्धमा दुवै मुलुकका सम्वद्ध निकायबीच प्राविधिक तहमा वार्ता गरी टुंग्याउने सहमति भएको थियो । नेपाल र भारतका प्रधानमन्त्रीबीचको वार्तापश्चात् १२ मे २०१८ का दिन जारी भएको संयुक्त वक्तव्यको बुँदा नम्बर ७ मा दुवै पक्षको प्राविधि पक्षको वार्ताबाट यो विषय टुंग्याउने उल्लेख गरिएको थियो ।
आज सम्पन्न दुई देशका प्राविधिक निकायका प्रतिनिधिहरुको बैठकले विराटनगर र जनकपुरबाट प्रवेशबिन्दूका लागि काठमाडौंबाट विराटनगर र काठमाडौंदेखि जनकपुरबीचको हवाईरुटलाई द्वितर्फी बनाउने र दुवै पक्ष बसी सो उडान सुरक्षा मूल्यांकन गरेर मात्र सो का आधारमा लागू गर्ने सहमति भएको छ ।
अन्तर्राष्ट्रिय उडानमा अहिलेसम्म एउटामात्र प्रवेशबिन्दू (सीमरा) उपलब्ध छ ।
त्यस्तै, पूर्वतर्फको काठमाडौं–जनकपुर–पटनाबीचको एकतर्फी हवाई रुटलाई दुईतर्फी बनाउन दुवै पक्षबाट सोको उडान सुरक्षा मूल्यांकन गरी सोका आधारमा लागू गर्ने सहमति भएको छ । यसबाट नेपाल र भारतका सीमापार उडानहरुलाई सहयोग पुग्नेछ ।
यसबाट भावी अन्तर्राष्ट्रिय विमानस्थलहरु गौतमबुद्ध, पोखरा र निजगढ विमानस्थलहरुमा बढी उचाईमा उडान भर्ने अन्तर्राष्ट्रिय वायुयानका लागि पश्चिममा नेपालगञ्ज तथा महेन्द्रनगरबाट प्रवेशमार्ग उपलब्ध गराउने विषयमा भारतीय पक्षले सेप्टेम्बर २०१८ भित्र विस्तृत प्राविधिक मूल्यांकन गर्ने सहमति भएको छ । यसबाहेक छलफलका क्रममा नेपाल र भारतबीच एयर नेभिगेशन सेवाको क्षेत्रमा विविध प्राविधिक विषयमा सहयोग आदान प्रदानका लागि उच्च तहमा प्राविधिक सहयोग सम्झौता गर्ने समेत सहमति भएको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x