Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नेपालसँग आर्थिक एवं व्यापारिक सम्बन्ध विस्तार गर्न इजिप्ट इच्छुक

नेपालसँग आर्थिक एवं व्यापारिक सम्बन्ध विस्तार गर्न इजिप्ट इच्छुक

काठमाडौं, २६ पुस । इजिप्ट नेपालसँग आर्थिक एवं व्यापारिक सम्बन्ध विस्तारका लागि तयार रहेको बताइएको छ । नेपाल इजिप्ट चेम्बर अफ कर्मस एन्ड इन्डस्ट्रिले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा इजिप्टका राजदूत इमान मुस्तफाले नेपालसँगको व्यापार वृद्धि गर्न तयार रहेको बताएकी हुन् ।

नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न इजिप्ट इच्छुक रहेको उनले बताइन । दुवै देशमा रहेको ऐतिहासिक सम्पदाबाट मनग्य लाभ लिनसकिने मुस्तफाको तर्क थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले दुई देशका लगानीकर्तालाई पर्यटन व्यवसायमा आकर्षित गर्न पहल गर्नुपर्ने सुझाव दिए । इजिप्ट र नेपालको पर्यटन व्यवसायको प्रवद्र्धनका दुई देशका व्यवसायीबीच सम्बन्ध बढाउनुपर्नेमा उनको जोड दिए ।

नेपाल इजिप्ट चेम्बर अफ कर्मस एन्ड इण्डस्ट्रिका संस्थापक अध्यक्ष अखिलकुमार चापागाइँले नेपालीका लागि इजिप्टमा व्यापारिक भिसाको व्यवस्था गर्न आग्रह गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x