Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

नेपाली खानाबारे जानकारी दिने पुस्तक र भिडियो सामाग्री सार्वजनीक

नेपाली खानाबारे जानकारी दिने पुस्तक र भिडियो सामाग्री सार्वजनीक

काठमाडौं, २४ बैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले नेपाली खानालाई विश्वव्यापीकरण गर्न नेपालमा संचालित तारे होटलहरुले आफ्ना पाँहुनालाई नेपाली खानाको ब्राण्ड पस्किन आवश्यक रहेको बताएका छन् । नेपाली खानाको प्रवद्र्धन गर्ने उद्धेश्यले पर्यटन विद् कर्ण शाक्यको अगुवाइमा नेपाल पर्यटन बोर्ड र होटेल संघ नेपाल (हान) संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन ।

अन्तर्राष्ट्रिय स्तरमा मात्र नभई नेपाल भित्रै पनि नेपाली खानाको प्रवद्र्धन गर्नका लागि सरकार आवश्यक सहयोग गर्न तयार रहेको मन्त्री अधिकारीले बताए । त्यस्तै नेपाली रैथाने खानालाई विश्व बजारमा स्थापित गराउने अभियान अन्र्तगत तयार पारिएको खाना र पकाउने विधी सम्बिन्ध पुस्तक तथा भिडियो सार्वजानिक पनि उनले सार्वजनीक गरे । देशभरिबाट २ सय प्रकारका रैथाने खाना पकाउने विधी र झण्डै ३० प्रकारका खानालाइ विश्व बजारमा चिनाउन तथा प्रवद्धन गर्न भिडीयो सामाग्री समेत तयार पारिएको हानका महासचिव विनायक शाहले बताए ।

विश्व पर्यटन बजारमा पाकवान पर्यटनको विकास तिब्र गतिमा भइरहेको अवस्थामा नेपालले पनि विधमान नेपाली खानाको प्रवद्र्धन मार्फत नेपाली पर्यटन बजारले समेत फइदा लिन सक्ने भन्दै अभियन्ता कर्ण शाक्यले नेपाली खानालाई विश्व व्यापिकरण गर्ने अभियान सुरु गरिएको जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x