Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नेपाली रुपैँया अहिलेसम्मकै कमजोर, प्रति अमेरिकी डलर सटहीदर ११२.२० रुपैँया

नेपाली रुपैँया अहिलेसम्मकै कमजोर, प्रति अमेरिकी डलर सटहीदर ११२.२० रुपैँया

काठमाडौं, २९ साउन । नेपाली रुपैयाँ अमेरिकी डलरको तुलनामा अहिलेसम्मकै कमजोर भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि डलरसँगको विनिमयदर एक सय १२ रुपैँया २० पैसा तोकेको छ । डलरको तुलनामा भारतीय रुपैँया कमजोर हुादा त्यसको असर नेपाली रुपैँयमा देखिएको हो । भारतीय रुपैँयासँग नेपाली रुपैँयाको स्थिर विनिमय दर रहेको छ । पछिल्लो एक वर्षको अवधिमा नेपाली रुपैँया ९ दशमलव ०२ प्रतिशतले अवमूल्यन भएको छ ।
टर्कीको मुद्रामा आएको अप्रत्याशित गिरावटले उदीयमान देशका बजारमा समेत असर परेको छ । भारतमा टर्कीमा आउन सक्ने सम्भावित संकटको त्रासमा भारतीय रुपैँयामा अप्रत्याशित गिरावट आएको छ । भारतीय रिजर्भ बैंकले भारतीय रुपैँयाको तीव्र गिरावट नियन्त्रणका लागि बजारमा अमेरिकी डलर बिक्री गरी केही हस्तक्षेप गर्न खोजेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल र आल्मुनियममा भन्सार वृद्धि गरेपछि त्यसको असर टर्कीको अर्थतन्त्रमा देखा परेको छ । जसका कारण टर्कीमा वित्तिय संकट आउन सक्ने समेत अनुमान गरिएको छ ।

यसभन्दा अघि असारको मध्यतिर नेपाली रुपैँया यसअघिको कमजोर देखिएको थियो । त्यतिबेला विनिमय दर ११०.३७ रुपैँया विनिमय दर तोकिएको थियो । त्यसयता लामो समय सोही दरको आसपासमा रहेको विनिमयदर मंगलबार भने अहिलेसम्मकै उच्च छ । नेपालजस्तो आयातमा आधारित अर्थतन्त्रकाल लागि मुद्रा अवमूल्यन हुँदा सकारात्मकभन्दा धेरै नकारात्मक असर पर्छ । यसले आयातका लागि धेरै मुद्रा खर्च गर्नुपर्ने, वैदेशिक ऋणको सावाँब्याज भुक्तानीमा धेरै रकम खर्च गर्नुपर्ने साथै आयातजन्य मुद्रास्फिति उच्च हुन्छ । यद्यपि रेमिट्यान्स आप्रवाह र निर्यातको आय वृद्धि हुन्छ । मुद्रा कमजोर भएका बेला रेमिट्यान्स पठाउने बढ्छन् भने निर्यातकर्ताहरुले भने यसबाट लाभ लिन सक्छन् । यसका साथै सरकारको भन्सार राजस्व वृद्धि हन्छ भने पर्यटकलाई आकर्षित गर्न सके यसबाट लाभ लिन सकिन्छ । पर्यटकले थोरै डलर खर्च गरेर धेरै सुविधा प्राप्त गर्न सक्ने गन्तव्यको रुपमा नेपाललाई प्रचार गर्नुपर्ने अर्थशास्त्रीहरु बताउँछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x