Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

नेपाल इन्भेष्मेण्ट बैंकको चार शाखा थप

नेपाल इन्भेष्मेण्ट बैंकको चार शाखा थप

काठमाडौं, २८ असार । ग्रामिण क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले वित्तीय संजाल नपुगेका स्थानीय तहमा बैंकिङ शाखा विस्तार गर्ने क्रममा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले जुम्ला, बझाङ, प्यूठान र दाङमा चारवटा शाखा थप गरेको छ ।

जुम्लाको हिमा गाउँपालिका स्थित कालीकाखेतु, बझाङको केदारसीउ गाउँपालिका स्थित झोता, प्यूठानको नौबहिनी गाउँपालिकास्थित बाहाने र दाङको शान्तिनगर गाउँपालिकास्थित शान्तीनगरमा शाखा थप गरेको हो । यससँगै बैंकको शाखा संजाल ७७ पुगेको छ ।

४५ वटा जिल्लामा आफ्नो सेवा विस्तार गरिसकेको बैंकले ग्रामीण क्षेत्रका जनतालाई सुविधा दिने उदेश्यले विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २२ हजार सात सय व्यक्तिलाई रु.३ अर्ब ७६ करोड लगानी गरेको छ । आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकको १०१ वटा एटिएम पुगेको छ भने ७ वटा एक्स्टेन्सन काउन्टर रहेको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेविट कार्ड प्रयोगकर्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंकको ५७ वटा शाखा रहित बैंकिङ्ग सुविधाका साथै ३०० बढी भिसा तथा एनपिएन सदस्य रहेको जानकारी दिइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x