Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नेपाल जनरल इन्स्योरेन्स जेठ देखि संचालनमा आउने, सिइओको जिम्मेवारी तमोटलाई

नेपाल जनरल इन्स्योरेन्स जेठ देखि संचालनमा आउने, सिइओको जिम्मेवारी तमोटलाई

काठमाडौं, २४ बैशाख । नेपाल जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड जेठ दोस्रो साता देखि संचालनमा आउने भएको छ । बीमा समितिबाट दई महिना अघि संचालनको अनुमति लिएको यस कम्पनीले जेठ दोस्रो साता देखि कारोबार थालनी गर्ने गरि आवश्यक तयारी गरिरहेको बताइएको छ ।

एक अर्व रुपैयाँ जारी पूँजी रहेको कम्पनीमा प्रवद्र्धकले  ७० प्रतिशत लगानी गरिसकेका छन् भने ३० प्रतिशत सर्वसाधारण सेयर निष्कासन गर्ने योजना छ । कम्पनीमा विभिन्न बैंक तथा वित्तिय संस्था एवं उद्योगी व्यवसायीहरुको लगानी रहेको छ ।

त्यस्तै कम्पनीको प्रमुख कार्यकारी अधिृकतमा एसके टमोट नियूक्तलाई गरिएको छ । उनले गतसाता देखि नै जिम्मेवारी सम्हालिसकेका छन् । उनीसँग नेशनल लाइफ इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स लगायतका विभिन्न इन्स्योरेन्स कम्पनीमा तीन दशक भन्दा बढीको कार्यानुभव रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x