Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नेपाल टेलिकम कम्पनी स्थापनाको १५ वर्षमा, वार्षिकोत्सवको अवसरमा अफरैअफर

नेपाल टेलिकम कम्पनी स्थापनाको १५ वर्षमा, वार्षिकोत्सवको अवसरमा अफरैअफर

काठमाडौं, २२ माघ । नेपाल दुरसञ्चार कम्पनी लिमिटेडले आफ्नो स्थापनाको १४ औं वर्ष पूरा गरी १५ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा कम्पनीले विभिन्न सेवाहरुमा छुटको व्यवस्था गरेको छ ।

कम्पनीले रातको समयको भ्वाईस प्याकेज ३५ रुपैयाँमा, डाटा प्याकेज २४ घण्टाको ५० रुपैयाँ र रातको समयको डाटा प्याकेज १५ रुपैयाँमा उपलब्ध गराउने जनाएको छ । कम्पनले ५०, १०० र २०० को रिचार्जमा १० प्रतिशतको बोनस र ५०० र १००० को रिचार्जमा १५ प्रतिशतको बोनस दिने भएको छ । यस एडिएसएल सेवा, जिएसएम, सिडिएम र पिएसटिन फोन कलमा समेत छुटको व्यवस्था गरेको छ ।

कम्पनीको भ्वाइस सेवा तर्फ ग्राहक आधार आर्थिक वर्ष २०७४ मंसिर मसान्तसम्म १ करोड ८५ लाख ५८ हजार र टेलिघनत्व ६४.६३ % पुगेको जानकारी दिए भने डाटा सेवातर्फ २०७४ मंसिर मसान्तसम्म ८९ लाख ३५ हजार र डाटा घनत्व ३१.१२ % पुगेको जानकारी दिएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७३÷७४ मा रु १५ अर्ब ३७ करोड आम्दानी गरेको छ । जसबाट कम्पनीको प्रति शेयर आम्दानी बढेर १०२.४९ रुपैयाँ पुगेको छ । यस कम्पनीले गत आर्थिक वर्षमा सरकारलाई कर बापत २४ अर्व ५४ करोड रुपैयाँ बुझाएको छ ।

कम्पनीले ४ जी सेवालाई अझ ब्यापक बनाउने, तार रहित सेवा विस्तार, मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर विस्तार, भुकम्प प्रभावित जिल्लामा इन्टरनेट डाटा सुविधा जस्ता कार्यक्रमहरुमा जोड दिने बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x