Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेपाल तामाङ घेदुङको प्रशिक्षण सम्पन्न

धनगढी, ५ माघ
नेपाल तामाङ घेदुुङ प्रदेश नम्बर ७ को आयोजनामा बृहत ¥याली तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । राज्यले तामाङ लगायत उत्पीडित सबै जाति, वर्ग र समुुदायको माग र मुुद्धालाई संशोधन नगरेको भन्दै बुधवार धनगढीको टा«फिक चौराहाबाट शुृरु भएको ¥याली जिल्ला प्रशासन कार्यालयमा पुुगी ज्ञापन पत्र बुुझाएको हो ।
ज्ञापन पत्रमा तामाङहरुको पुरानो बसोवास रहेको क्षेत्रलाई स्थानीय तहको पुर्न संरचना गर्दा स्वायत्त तथा संरक्षित क्षेत्र निर्माण गरिनुुपर्ने, निर्वाचन प्रणालीमा ६० प्रतिशत समानुुपातिक र ४० प्रतिशत प्रत्यक्ष प्रतिनिधित्व हुने निर्वाचन प्रणालीको व्यवस्था गरिनुुपर्ने, धर्मनिरपेक्षतालाई व्यवहारमा कार्यान्वयन गरिनुुपर्ने लगायतका १० बुुँदे मागहरु रहेका छन् । ज्ञापन पत्र बुुझाई ¥याली निर्माण व्यवसायी संघमा पुुगी प्रशिक्षण कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा नेपाल तामाङ घेदङु का केन्द्रिय अध्यक्ष मोहन गोलेले विभिन्न समयमा भएका आन्दोलनहरुमा जनजातिहरुको प्रयोग गर्दै जनजातिहरुको बसोवास रहेको क्षेत्रलाई स्वायत्त क्षेत्र घोषणा गर्ने भनिएको भएपनि आज सम्म कुनै पनि क्षेत्रलाई स्वायक्त क्षेत्र घोषणा नगरेको बताए । उनले थारु जनजातिहरुका मागहरुलाई यो या तो बाहनामा टारेकै कारण टिकापुर घटनाहुन गएको भन्दै आफुुहरुले समेत आन्दोलन चर्काउनुको विकल्प नरहेको उल्लेख गरे । नेपाल आदीवासी जनजाति महासंघ कञ्चनपुर अध्यक्ष प्रेमवती रानाले विभिन्न समुहमा छुट्टिएर आदीवासी जनजातिहरुले आन्दोलन गर्दा सरकारले आफ्ना मागहरु नसुनेको साथै आफ्नो भाषा संस्कृतिको रक्षा गर्न खोज्दा विखण्डनकारीको आरोप लाग्ने गरेको भन्दै सवै एक जुट भईलाग्नुपर्ने बताइन् । नेपाल मगर संघ कैलाली अध्यक्ष दल बहादुर घर्तीमगरले तामाङजातिले लामो समयदेखि देशको संक्रमणकालीन अवस्थाहरुमा ठूलो त्याग र गरेको भएपनि तामाङ जाति भन्ने वितिक्कै विभिन्न आरोप प्र्रत्यारोप लगाउने गरेको बताए । कार्यक्रममा नेपाल पामाङ घेदुुङ प्रदेश नम्वर १ प्रमुख मित्रसेन तामाङ, नेपाल तामाङ घेदुुङ केन्द्रिय सदस्य राम कृष्ण तामाङ लगायतले मन्तव्य व्यक्त गरेका थिए । उक्त कार्यक्रममा लामो समय सम्म तामाङ भाषा संस्कृतिको संरक्षण तथा जगेर्ना गर्न महत्वपूर्ण योगदान पुु¥याएको भन्दै लामा बौद्ध लामालाई कदर पत्र प्रदान गरिएको थियो । ७ नम्बर प्रदेश संयोजक दिलिप कुुमार तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रदेश नम्वर ७ का उपाध्यक्ष सुकविर लामाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन गंगा योञ्जनले गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x