Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नेपाल पर्वतारोहण प्रशिक्षक संघमा नयाँ नेतृत्व

नेपाल पर्वतारोहण प्रशिक्षक संघमा नयाँ नेतृत्व

काठमाडौं, २७ जेठ । नेपाल पर्वतारोहण प्रशिक्षक संघका नवनिर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । नवनिर्वाचित अध्यक्ष लाक्पा शेर्पा सहितका पदाधिकारीहरुले शनिवार पदभार ग्रहण गरेका हुन ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा फुर्वानाम्गेल शेर्पा, महासचिव छिरिङ्ग पाण्डे भोटे, कोषाध्यक्ष फुटेम्वा शेर्पा र सदस्यहरुमा टेन्डी शेर्पा, लामा बाबु शेर्पा र नरेन शाही ठकुरी रहेका छन् । नवनिर्वाचित अध्यक्ष लाक्पा शेर्पाले नेपालको पर्वतीय पर्यटनलाई सुरक्षित बनाउने, दक्ष जनशक्ति उत्पादन गर्ने आफुहरुको प्रमुख एजेन्डा भएको बताए । उनले हिमाली क्षेत्रमा हुने दुर्घटना न्यूनिकरण गरि पर्वतारोहण क्षेत्रबाट बढी भन्दा बढी रोजगारी सृजनाका लागि सबैसँग सहकार्य गर्दै काम गर्ने प्रतिवद्धता पनि जनाए । संघमा उनीहरुको कार्यकाल तीन वर्षको हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x