Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेपाल पहिलो पटक पुर्वाधार विकास मापन यन्त्र धनगढीमा

नेपाल पहिलो पटक पुर्वाधार विकास मापन यन्त्र धनगढीमा

धनगढी, ३१ भदौं । पुर्वाधार विकासका सम्पुर्ण सुचनाहरुको जानकारी वेभको माध्यमबाट हेर्न सकिने प्रणालीको विकास भएको छ । धनगढी उपमहानगरले सुरु गरेसँगै नेपालमा पहिलो पटक पूर्वाधार व्यवस्थापन प्रणालीे कार्यान्वयनमा आएको छ । धनगढी प्रदेश सरकारले आफ्ना मातहतका सबै सरकारी कार्यलयहरु र सरकारी कामहरुलाई सुचना मैत्री बनाउने उद्धेश्यले उक्त सुचना प्रणाली भित्र्याएको हो ।

प्रदेश सरकारले पहिलो बैठकमा सबै सरकारी कार्यालयलाई सूचना प्रविधी मैत्री बनाउने निर्णय गरेको थियो । पूर्वाधार व्यवस्थापन प्रणालीको उद्घाटन गर्दै धनगढी उप महानगरका मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढी उप–महानगरपालीका पुर्वाधार विकासको सुचना प्रणली प्रयोग गर्ने देशमै पहिलो भएकोमा बधाई दिदै यो प्रणाली संचालनमा निरन्तरता दिनु चुनौतीपूर्ण रहेको बताएका छन् । मुख्य मन्त्री भट्टले धनगढी उप–महानगरपालीकाले संचालनमा ल्याएको प्रविधीको प्रभावकारीता हेरेर प्रदेशभरीका सरकारी कार्यालयमा संचालन गर्न प्रोत्साहीत गरिने पनि बताएका छन् ।

यसैगरी प्रदेश नं ७ का भौतिक पूर्वाधार तथा यातायात मन्त्री पठान सिंह बोहराले धनगढी उप–महानगरपालीकाले सुरुवात गरेको यो प्रणालीको प्रभाव अन्य स्थानीयतहमा पनि पर्ने बताए । जनताले सरकारका सबै गतिविधीहरु जान्न पाउनु पर्छ र चाडै नै प्रदेशका मन्त्रालयमा यो प्रणाली लागु गरिने पनि मन्त्री बोहराले बताए । मन्त्री बोहोराका अनुसार सरकार सधै खुला र पारदर्शी हुनुपर्छ ।

कार्यक्रममा धनगढी उप–महानगरपालीकाका प्रमुख नृपबहादुर वडले नगरका काम कार्वाहीहरु खुला र पारदर्शि बनाउनका लागि बेभ बेसमा आधारित पूर्वाधार ब्यबस्थापन प्रणाली संचालनमा ल्याएको बताएका छन् । उनले नगरका हरेक गतिविधीहरुमा नागरिकको निगरानी हामीले चाहेका बताउदै वेभ बेसमा आधारित पूर्वाधार ब्यबस्थापन प्रणाली संचालनमा आएकाले यसको धेरैभन्दा धेरै प्रयोग गर्न पनि नगरप्रमुख वडले नगरवासी संग आग्रह गरे ।

वेभ बेसमा आधारित पूर्वाधार ब्यबस्थापन प्रणालीले नगर क्षेत्रमा संचालन भएका योजनाको सुरुवाती चरण देखि कर्यान्वयनको चरणहरुको जानकारी मोवाईल एप्सको माध्यमबाट लिन सकिन्छ । स्मार्ट फोनको प्रयोग गरेर सबै बस्ती र वडाका योजनाको अबस्था बुझ्न सकिने भएकाले यो प्रणालीबाट जनताको सूचनाको हक तथा सुशासन प्रवर्दन हुने देखिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x