Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेपाल बैंकको एफपिओको बिक्री खुल्ला

नेपाल बैंकको एफपिओको बिक्री खुल्ला

काठमाडौं, १५ असार । नेपाल बैंक लिमिटेडले थप शेयर निष्कासन (एफपिओ) आज असार १५ देखी बिक्री खुल्ला गरेको छ । बैंकले प्रति शेयरको अंकित मुल्य एक सय रुपैयाँमा १८० रुपैयाँ प्रिमियम जोडेर २८० रुपैयाँमा उक्त एफपिओ निष्कासन गरेको हो । बैंकको एफपिओको बिक्री बन्द असार १९ गते हुने जनाइएको छ ।

बैंकले १ करोड ७६ लाख ८४ हजार ८७८ कित्ता थप शेयर निष्कासन गर्ने भएको छ । थप शेयर निष्कासनको लागि बैंकले सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । यस थप शेयर निष्कासनको लागि आवेदनकर्ताहरुले सिआस्वा प्रणाली अन्तरगतको जुनसुकै बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् । थप शेयर निष्कासनको लागि लगानीकर्ताहरुले न्युनतम ५० कित्ताको लागि आवेदन दिन सकिने छ । यस्तै संस्थागत संस्थाहरुले समेत बिक्री खुला गरिएको पहिलो दिनबाट नै आवेदन दिन पाउने व्यवस्था मिलाइएको छ ।

नेपाल बैंक लिमिटेडको ५८औं वार्षिक साधारण सभाले थप शेयर निष्कासनको प्रस्तावलाई पारित गरेको थियो । थप शेयर निष्कासन पछि बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड रुपैयाँ पुग्नेछ । बैंकको हाल चुक्ता पुँजी ८ अर्ब ४ करोड रुपैयाँ रहेको छ । यस्तै थप शेयर निष्कासन पछि बैंकमा रहेको सरकारी स्वमित्व ६२ प्रतिशतबाट ५१ प्रतिशतमा सिमित रहनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x