Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नेपाल बैंकले पायो एफपिओको लागि अनुमति

नेपाल बैंकले पायो एफपिओको लागि अनुमति

काठमाडौं, ३ असार । नेपाल बैंक लिमिटेडले थप शेयर निष्कासन एफपिओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बैंकले १ करोड ७६ लाख ८४ हजार ८७८ कित्ता थप शेयर निष्कासनको लागि अनुमति बोर्डबाट पाएको हो ।

बोर्डले बैंकलाई प्रति कित्ता २८० रुपैयाँमा थप शेयर निष्कासन गर्न अनुमति दिएको हो । बैंकले प्रति शेयरको अंकित मुल्य एक सय रुपैयाँमा १८० रुपैयाँ प्रिमियम जोडेर २८० रुपैयाँमा एफपिओ निष्कासन गर्नेछ । थप शेयर निष्कासनको लागि बैंकले सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

नेपाल बैंकको ५८औं वार्षिक साधारण सभाले थप शेयर निष्कासनको प्रस्तावलाई पारित गरेको थियो । थप शेयर निष्कासन पछि बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड रुपैयाँ पुग्नेछ । बैंकको हाल चुक्ता पुँजी ८ अर्ब ४ करोड रुपैयाँ रहेको छ । यस्तै थप शेयर निष्कासन पछि बैंकमा रहेको सरकारी स्वमित्व ६२ प्रतिशतबाट ५१ प्रतिशतमा सिमित रहनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x