Date

बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

नेपाल बैंक स्थापनाको ८१ औ वर्षमा प्रवेश

नेपाल बैंक स्थापनाको ८१ औ वर्षमा प्रवेश

काठमाडौं, ३० कात्तिक । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेड स्थापनाको ८१ औ वर्षमा प्रवेश गरेको छ। बैंकले आज विभिन्न कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाईरहेको छ ।

सरकारी स्वामित्वमा रहेको बैंकको स्थापनाकालमा अधिकृत पुँजी एक करोड रुपैयाँ रहेको थियो भने जारीपुँजी २५ लाख रुपैयाँ र चूक्तापूँजी आठ लाख ८२ हजार रुपैयाँ रहेको थियो । हाल बैंकको चूक्ता पूँजी आठ अर्व ४ करोड रुपैयाँ रहेको छ । त्यस्तै ९३ अर्व ९४ करोड रुपैयाँ निक्षेप संकलन गरि ७४ अर्व ३७ करोड रुपैयाँ भन्दा बढी कर्जा लगानी गरेको छ । बैंकको जगेडा कोष तीन अर्व ५१ करोड रुपैयाँको रहेको छ भने निष्कृय कर्जा ३.१७ प्रतिशत रहेको छ ।

बैंकले राजधानीको नयाँ सडकमा रहेको मुख्य कार्यालय लगायत उपत्यका र उपत्यका बाहिर झन्डै १३३ शाखा मार्फत आफ्ना ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । ग्राहकहरुको सहजताका लागि ५४ स्थानमा एटिएम मेसिन संचालनामा ल्याइसकेको छ भने आगामी दिनमा शाखा र एटिएम मेसिनहरुको संख्यामा समेत बृद्धि गर्दै लैजाने बैंकको योजना रहेको छ ।

त्यस्तै बैंकले सेभ डिपोजित भल्ट्स, ट्रेड फाइनान्स, एसएमएस बैंकिङ, शाखा रहित बैंकिङ सेवा, इन्टरनेट सेवा पनि प्रदान गर्दै आइरहेको छ । चालु आर्थिक वर्षमा मात्र बैंकले २० स्थानमा नयाँ शाखा र १० स्थानमा द्वन्द्वकालबाट विस्थापित शाखालाई पुर्नस्थापना गर्ने योजना बनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x