Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेपाल आउने पर्यटकको संख्या बढ्दो, सवै भन्दा बढी भारतबाट

नेपाल आउने पर्यटकको संख्या बढ्दो, सवै भन्दा बढी भारतबाट

काठमाडौ, ७ असार ।  सन् २०१८ को जनवरीदेखि नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्यामा बृद्धि भएको छ ।  सन् २०१८ को पहिलो पाँच महिनामै नेपाल भ्रमणमा आउने विदेश पर्यटकको संख्या पनि ११.४० प्रतिशतले बढेको हो । अध्यागमन विभागका अनुसार सन् २०१८ को जनवरीदेखि मेसम्म नेपाल भ्रमणमा आउने बाह्य पर्यटकको संख्या ४ लाख ५६ हजार ३ सय ९३ छ । यो संख्या सन् २०१७ को भन्दा ५२ हजार ४५ ले बढी हो ।  सन् २०१७ को यसैअवधिमा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या ४ लाख ४ हजार ३ सय ४८ मात्रै थियो ।

यो वर्षसबैभन्दा बढी पर्यटक मार्च महिनामा आगमन भएको छ मार्च महिनामा मात्रै नेपाल आउने पर्यटकको संख्या १ लाख २५ हजार १ सय १६ छ । सन् २०१७ को मार्च महिनामा नेपाल भ्रमणमा आउने पर्यटकको संख्या भने १ लाख ६ हजार दुई सय ९१ मात्रै थियो ।

यसैगरी सन् २०१८ को जनवरीमा ७३ हजार पाँच सय १५, फेब्रअरीमा ९० हजार दुई सय ८७, अप्रिलमा ९८ हजार ६ सय ५० र मेमा ६८ हजार ८ सय २५ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

यस्तैगरी, सन् २०१७ को जनवरीमा ६२ हजार ६ सय ३२, फेब्रअरीमा ८४ हजार ६१, अप्रिलमा ८८ हजार पाँच सय ९१ र मेमा ६२ हजार सात सय ३३ बाह्य पर्यटक नेपाल भ्रमणमा आएको थिए । सन् २०१८ जनवरीदेखि मे महिनासम्म नेपाल भ्रमणमा आउने पर्यटक मध्ये सबैभन्दा बढी भारतीय पर्यटक छन् ।

पाँच महिनाको अवधिमा नेपाल भ्रमणमा आउने भारतीय नागरिककोे संख्या ७२ हजार चार सय ७९ छ । यो कुल नेपाल भ्रमणमा आउने पर्यटक मध्ये झन्डै १६ प्रतिशत संख्या हो । यसैगरी दोस्रो बढी पर्यटक चीनबाट आएका छन् । सन् २०१८ को जनवरीदेखि मार्चसम्म बढी पर्यटक आउने सूचीमा रहेको चीन मे पछि भने दोस्रोमा झरेको छ । त्यस पछि नेपालमा बढी पर्यटक आउने मुलुकमा अमेरिका तेस्रो स्थानमा पर्दछ । चौथो स्थानमा बेलायत रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x