Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नेपाल सेवा लघुवित्तले पनि दियो आइपिओको लागि आवेदन

नेपाल सेवा लघुवित्तले पनि दियो आइपिओको लागि आवेदन

काठमाडौं, १२ मंसिर । नेपाल धितोपत्रको बोर्डको प्राथमिक शेयर निष्कासनको स्विकृतिको पर्खाइको सुचिमा नेपाल सेवा लघुवित्त वित्तीय संस्था पनि थपिएको छ । नेपाल सेवाले मंसिर  ७ गते धितोपत्र बोर्डमा प्राथमिक शेयर निष्कासनको लागि आवेदन बुझाएको हो ।

नेपाल सेवाले एक सय रुपैयाँ अंकित मुल्यको १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता प्राथमिक शेयर निष्कासन गर्ने भएको छ । लघुवित्तले प्राथमिक शेयर निष्कासनको लागि बिक्री प्रवन्धकमा एनएमवि क्यापिटललाई नियुक्त गरेको छ ।

नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले २०७१ मंसिर ८ गतेबाट आफ्नो कारोबार शुरु गरेको थियो । लघुवित्तको हाल अधिकृत पुँजी १० करोड रुपैयाँ रहेको छ भने जारी पुँजी ६ करोड रुपैयाँ रहेको छ । यस्तै उसको चुक्ता पुँजी ४ करोड २० लाख रुपैयाँ रहेकोमा प्राथमिक निष्कासन पछि चुक्ता पुँजी ६ करोड रुपैयाँ पुग्ने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x