Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नेप्से घट्यो, कारोबार रकम बढ्यो

नेप्से घट्यो, कारोबार रकम बढ्यो

काठमाडौं, ४ पौष । यस साताको तेस्रो दिन पनि शेयर बजार घटेको छ । शेयर बजार यो साता लगातार घटेको छ । हिजो सोमबार सामान्य अंकले घटेको शेयर बजार आज मंगलवार दोहोरो अंकले घटेको छ ।

मंगलबार शेयर बजारको परिसुचक १४.४९ अंकले घटेर १४९३.७६ विन्दुमा पुगेको छ । यता शेयर बजारमा निरन्तर गिरावट आएपनि कारोबार रकममा भने वृद्धि देखिएको छ । आइतबारको तुलनामा सोमबार कारोबार रकम बढेकोमा यो गति मंगलबार पनि देखिएको छ । मंगलबार १६६ कम्पनीहरुको १४ लाख ५ हजार ९७१ कित्ता शेयरको किनबेचबाट ५९ करोड ९३ लाख ७६ हजार ३२१ रुपैयाँको कारोबार भएको छ ।

शेयर बजारमा आज नेप्से परिसुचकसंगै सम्पुर्ण समुहगत परिसुचक नकारात्मक भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x