Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

नेप्से निरन्तर ओरालो तर्फ, कारोबार रकममा समेत गिरावट

नेप्से निरन्तर ओरालो तर्फ, कारोबार रकममा समेत गिरावट

काठमाडौं, ५ चैत । शेयर बजारको परिसुचक नेप्से परिसुचक निरन्तर ओरालो लाग्ने क्रममा रहेको छ । शेयर कारोबार हुने साताको दोस्रो दिन सोमबार शेयर बजार ८.४४ अंकले घटेको छ ।

सोमबार शेयर बजारमा ८.४४ अंकको गिरावटसंगै नेप्से परिसुचक १२७०.५२ विन्दुमा पुगेको छ । आज सोमबार शेयर बजार समग्रमा ०.६६ प्रतिशतले घटेको छ । नेप्से परिसुचकमा आएको गिरावटसंगै शेयर बजारको कारोबार रकममा समेत कमी आएको छ । हिजो ३० करोड रुपैयाँको हाराहारीमा कारोबार भएको शेयर बजारमा आज सोमबार कुल १५२ कम्पनीहरुको ७ लाख ७१ हजार ९९४ कित्ता शेयरको किनबेचबाट २६ करोड ६२ लाख ७३ हजार १२१ रुपैयाँ बराबरको कारोबार भएको छ । पछिल्लो समय शेयर खरिद बिक्रीको चापमा आएको कमीका कारण शेयर बजारको कारोबार रकममा यसको प्रभाव परेको हो ।

सोमबार नेप्सेमा कारोबार भएका दश वटै समुहगत परिसुचकहरुमा उत्पादन समुह, व्यापार समुह र अन्य समुह बाहेकका समुहगत परिसुचकहरुमा ओरालो लागेका छन् । आज उत्पादन समुह १.८ अंक, व्यापार समुह १.३६ अंक र अन्य समुह ३.५१ अंकले माथि उक्लेका छन् । यस्तै सोमबार वीमा समुहको परिसुचकमा सबैभन्दा धेरै गिरावट आएको छ । वीमा समुह ५०.३२ अंक, होटल ३२.२८ अंक, जलविद्युत २२.१८ अंक, लघुवित्त समु्ह १०.३५ अंक, वाणिज्य बैंक ८.८५ अंक, विकास बैंक ८.७९ अंक र वित्त समुह २.०४ अंकले घटेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x