Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेप्से ७.९७ अंकले बढेर बन्द भयो, कारोबार रकम भने ३६ करोड मात्र

नेप्से ७.९७ अंकले बढेर बन्द भयो, कारोबार रकम भने ३६ करोड मात्र

काठमाडौं, २३ पौष । आइतबार शेयर बजारमा वृद्धि देखिएको छ । शेयर बजारको परिसुचक नेप्से ७.९७ अंकले बढेर १४३१.८० विन्दुमा पुगेको छ ।

आइतबार शेयर बजारमा वृद्धि भएपनि कारोबार रकमलाई हेर्ने हो भने कम भएको मानिन्छ । आज आइतबार नेप्सेमा ३६ करोड १६ लाख २५ हजार १२९ रुपैयाँको कारोबार भएको छ । सोहि दिन १५७ कम्पनीहरुको १५ लाख ८ हजार एक सय कित्ता शेयरको कारोबार भएको छ ।

गत साताको आइतबार नेप्से परिसुचक १४०० विन्दु भन्दा तल झरेको थियो । तर शेयर बजारको सोमबार देखिएको उछालले पुनः नेप्से परिसुचकलाई १४०० विन्दु माथि नै अढाएको छ । निरन्तर ओरालो लागि रहेको शेयर बजारमा शेयरको मुल्यमा समेत गिरावट आएको छ । सोहि गिरावटको फाइदा लिन केहि लगानीकर्ताहरुले शेयर खरिद गरेका छन् । विशेष गरि नेप्से ओरालो लाग्दा सिमित लगानीकर्ताहरुले अवसरको रुपमा लिएको देखिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x