Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नेशनल माइक्रोफाइनान्सको शेयर मुल्य भयो समायोजन

नेशनल माइक्रोफाइनान्सको शेयर मुल्य भयो समायोजन

काठमाडौं, १८ मंसिर । लाभांश प्रयोजनका लागि नेशनल माइक्रोफाइनान्सको प्रति शेयरको मुल्य २ हजार ६२६ रुपैयाँमा समायोजन भएको छ । नेप्सेको अनुसार नेशनलको आधार शेयर मुल्य १ हजार ३६० रुपैयाँ रहेको छ ।

नेशनल माइक्रोफाइनान्सको मंसिर २७ गते बस्ने चौंथो वार्षिक साधारण सभाले शेयरधनीहरुलाई ३५ प्रतिशत लाभांश दिने भएको छ । ३५ प्रतिशत लाभांश मध्ये २० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांशको हिस्सा रहेको छ ।

नेशनलले प्रस्ताव गरेको २० प्रतिशत बोनस शेयर पछि उसको चुक्ता पुँजी १४ करोड ४० लाख रुपैयाँ पुग्ने छ । नेशनलको हाल चुक्ता पुँजी १२ करोड रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x