Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

पञ्चकन्या माई जलविद्युत आयोजनाले साउन १ गतेबाट प्राथमिक निष्कासन गर्ने

काठमाडौं, २४ असार । पञ्चकन्या माई जलविद्युत आयोजनाले सर्वसाधारणहरुका लागि प्राथमिक शेयर निष्कासन गर्न भएको छ । आयोजनाले ११ लाख कित्ता प्राथमिक शेयर निष्कासन गर्ने जनाएको छ । आयोजनाले साउन १ गतेबाट उक्त प्राथमिक शेयरको बिक्री खुल्ला गर्ने भएको छ । उक्त शेयरको बिक्री बन्द छिट्टोमा साउन ४ गते र ढिलोमा साउन १५ गते गर्ने बताइएको छ ।

यस आयोजनाले बिक्री गर्न लागेको ११ लाख कित्ता प्राथमिक शेयर मध्ये ४ प्रतिशत अर्थात ४४ हजार कित्ता शेयर कर्मचारीहरुको लागि छुट्टाएको छ । यस्तै आयोजनाले संचालनमा रहेका सामुहिक लगानी कोषहरुका लागि ५ प्रतिशत अर्थात ५५ हजार किता शेयर छुट्टाएको छ । बाँकी रहेको १० लाख १ हजार कित्ता शेयर सर्वसाधारणहरुका लागि बिक्री गरिने जनाइएको छ ।

प्राथमिक शेयर निष्कासनको लागि आयोजनाले विक्री प्रबन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ । यस प्राथमिक शेयरको लागि आवेदनकर्ताहरुले न्युनतम ५० कित्ता र अधिकत्तम ५ हजार पाँच सय कित्ता शेयरको लागि आवेदन दिन सक्नेछन् । आवेदनकर्ताहरुले सनराइज क्यापिटल, आयोजनाको कार्यलय र सिआस्वा प्रणाली अन्तरगतको बैंक तथा वित्तीय संस्थाहरुमा आवेदन दिन सकिने बताइएको छ ।

आयोजनाले इलाम जिल्लाको माबु, मइम्झुवामा १२ मेगावाटको विद्युत उत्पादन गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x