Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

पञ्चकन्या माई जलविद्युत आयोजनाले पायो प्राथमिक निष्कासनको स्विकृति

पञ्चकन्या माई जलविद्युत आयोजनाले पायो प्राथमिक निष्कासनको स्विकृति

काठमाडौं, ६ मंसिर । पञ्चकन्या माई जलविद्युत आयोजनाले प्राथमिक शेयर निष्कासनको लागि नेपाल धितोपत्र बोर्डबाट स्विकृति पाएको छ । बोर्डले आयोजनालाई प्राथमिक शेयर निष्कासनको लागि मंसिर ५ गते स्विकृति दिएको हो ।

यस आयोजनाले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि ११ लाख कित्ता प्राथमिक शेयर निष्कासन गर्ने भएको छ । आयोजनाले सर्वसाधारणहरुको लागि २७ लाख ५० हजार कित्ता शेयर छुट्टाएको छ । जसमध्येको ११ लाख कित्ता शेयर स्थानिय बासिन्दको लागि निष्कासन गर्न आयोजनाले स्विकृति पाएको हो । आयोजनाले एक सय रुपैयाँ अंकित मुल्य भएको ११ करोड रुपैयाँको प्राथमिक शेयर निष्कासन गर्ने भएको छ ।

प्राथमिक शेयर निष्कासनको लागि आयोजनाले विक्री प्रबन्धकमा सनराइज क्यापिटल र नबिल इम्भेष्टमेन्टलाई नियुक्त गरेको छ । यस निष्कासनका लागि इक्रा नेपालले आइपिओ ग्रेड ४ मापन दिएको छ ।

आयोजनाले इलाम जिल्लाको माबु, मइम्झुवामा १२ मेगावाटको विद्युत उत्पादन गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x