Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

पशुपतिनाथमा नेपाल इन्भेष्टमेण्ट बैंकको एक्स्टेन्सन काउन्टर

पशुपतिनाथमा नेपाल इन्भेष्टमेण्ट बैंकको एक्स्टेन्सन काउन्टर

काठमाडौं, १३ भद्रौ । नेपाल इन्भेष्टमेण्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंको गौशालास्थित पशुपतिनाथको प्राङ्गढंमा सातौ एक्स्टेन्सन काउन्टर खोलेको छ । बैंकले मन्दिरमा आउने भक्तजनहरुले प्रदान गर्ने दान–दक्षिणालाई संकलन गर्न सहयोग गर्ने उद्धेश्यले उक्त काउन्टर संचालनमा ल्याएको जनाएको छ।

बैंकले पशुपति क्षेत्र विकास कोषसंग मिलेर विगत लामो समयदेखि बैंकले पशुपति क्षेत्रका विभिन्न मठमन्दिर तथा घाटहरुको निर्माण तथा पुनर्निमाण गरिरहेको छ । पशुपतिको धार्मिक महत्व झल्काउने ऐतिहासिक पशुपति संग्राहलय स्थापनार्थ बैंकले २०७२ सालको महाभूकम्पले जिर्ण बनाएको महास्नान घरको पुनर्निर्माण गरिरहेको छ भने पशुपति क्षेत्रको सरसफार्ईमा समेत आर्थिक सहयोग गर्दै आएको बैंकले जनाएको छ।

आठ लाख ७० हजार भन्दा बढी ग्राहक रहेको नेपाल इन्भेष्टमेण्ट बैंकको हाल ७७ वटा शाखा तथा १ सय १ वटा एटिएम रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x