Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

पशुपतिमा शिवरात्रिको सम्पूर्ण तयारी पूरा

पशुपतिमा शिवरात्रिको सम्पूर्ण तयारी पूरा

काठमाडौं, २८ माघ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पशुपति क्षेत्र विकास कोष प्रचार–प्रसार व्यवस्था उपसमितिले आज पत्रकार सम्मेलनको आयोजना गरि सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो ।

शिवरात्रिका लागि पशुपति क्षेत्रलाई सजाउनुका साथै लाइन व्यवस्थापन र सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । सुरक्षाका लागि सात हजार भन्दा बढी सुरक्षाकर्मीको खटाइने छ । प्रचार–प्रसार व्यवस्था उपसमितिका सह–सचिव रेवती रमण अधिकारीले दर्शनार्थीहरुलाई महत्वपुर्ण र अमूल्य सरसामान नल्याउन र सकेसम्म अमुल्य गरगहना नलगाउन आग्रह गरे । त्यस्तै उनले प्लास्टिका झोलाहरु, कप, प्लेटहरु ल्याउन निषेध गरिएको भन्दै सकभर त्यस्ता सामान नल्याउन पनि आग्रह गरे । आकस्मिक स्वास्थ्योपचारका लागि स्वास्थ्य शिविरमा पनि संचालन गरिने छ।

सो दिन बिहान ३ बजे देखि पशुपतिका ४ वटै ढोका खोलीने छ । भक्तजनहरुलाई दर्शनमा सहजताका लागि सिफल, गौराघाट, एयरपोर्ट, बत्तिसपुपति र चावहील मित्रपार्क गरि ५ वटा लाइनको व्यवस्था गरिएको उनले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x