Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

पहिलो महिला सिईओ बन्दै खुजेली

पहिलो महिला सिईओ बन्दै खुजेली

हृदयराज गौतम/ काठमाडौं, २९ चैत । मेगा बैंक नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा अनुपमा खुजेलीलाई नियूक्त गरिने भएको छ । अव बस्ने बैंक संचालक समितिको बैठकले उनलाई नियूक्तीको औपचारिक निर्णय गर्ने बुझिएको छ ।

यो नियूक्तिसँगै उनी नेपालमा नीजि क्षेत्रबाट संचालित बाणिज्य बैंकहरुको पहिलो महिला प्रमुख कार्यकारी हुने छिन् । अनिल केशरी शाहले प्रमुख कार्यकारी अधिकृत छाडेपछि खुजेली कामु प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छिन् ।

तत्कालिन ग्रिन्लेज बैंकबाट बैंकिङ करियर सुरु गरेकी उनीसँग नविल र मेगा बैंकमा गरि करिब ३० वर्षको बैंकिङ अनुभव छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x