Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

पाकिस्तानी प्रधानमन्त्री अब्बासी भोलि नेपाल आउँदै

पाकिस्तानी प्रधानमन्त्री अब्बासी भोलि नेपाल आउँदै

काठमाडौं, २० फागुन । पाकिस्तानी प्रधानमन्त्री शाहिद अब्बासी सोमबार नेपाल आउने भएका छन् । उनी आफ्ना नेपाली समकक्षी केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिन नेपाल आउन लागेको बताइएको छ ।

सोमबार उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन् । प्रधानमन्त्री ओलीले पाकिस्तानी समकक्षीको स्वागतमा सोमबार रात्रीभोज आयोजना गरेका छन् । दुई प्रधानमन्त्रीको भेटका क्रममा द्विपक्षीय हित तथा आपसी चासोका सम्बन्धमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

पाकिस्तानी प्रधानमन्त्री अब्बासी मंगलबार स्वदेश फर्कने कार्यक्रम छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x