Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

पेट्रोलपम्पमा आधुनिकीकरणको तयारी, कफीसप र फास्टफुड पनि सँगै !

पेट्रोलपम्पमा आधुनिकीकरणको तयारी, कफीसप र फास्टफुड पनि सँगै !

पेट्रोलपम्पमा आधुनिकीकरणको तयारी, कफीसप र फास्टफुड पनि सँगै !
अब ग्यारेजसहितका ठूला र अत्याधुनिक पम्पमात्रै खुल्ने
रविन्द्र घिमिरे
0
प्रतिक्रिया

patrol-pump-810

२० पुस, काठमाडौं । अब देशभर सुविधासम्पन्न्न पेट्रोल पम्पहरु खुल्ने भएका छन् । नेपाल आयल निगमले साना पम्प चलाउने साधाराण बिक्रेताका लागि नयाँ अनुमति नदिने निर्णय गरेको छ । र, ठूला पम्प खोल्ने प्रक्रिया अघि बढाएको छ ।

निगमले ठूला र आधुनिक प्रविधि तथा सुविधायुक्त नमुना पम्प सञ्चालन गर्ने गरी बिक्रेता विनियमावलीमा संशोधन गरेको छ ।

अब साधारण विक्रेताको सट्टा निगमले ठूला विक्रेताहरुको खोजी गर्नेछ । अब खुल्ने पम्प ठूलो क्षेत्रमा फैलिएका अत्याधुनिक र सवारीमैत्री हुने निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले अनलाइनखबरलाई जानकारी दिए ।

‘अब राजमार्ग क्षेत्रमा ठूला पम्पहरु खुल्नेछन् । यसका लागि हामीले प्रस्ताव आह्वान गरेका छौं’ खड्काले भने, ‘अब सवारीले आधुनिक पम्पमा तेल हाल्न पाउनेछन् । अन्तर्राष्ट्रिय स्तरका पम्प खुल्ने गरी हामीले निजी क्षेत्रलाई आह्वान गरेका छौं ।’

निगमले अबको एक महिनाभित्र ठूला पम्प खोल्ने योजना पेश गर्न सार्वजनिक आह्वान गरेको हो । राजमार्ग क्षेत्रमा ठूला र अत्याधुनिक पम्प खोल्न चाहानेले निगमबाट सजिलै स्वीकृति पाउनेछन् ।

निगमले लामो समयदेखि मुख्य राजमार्ग क्षेत्रमा पम्प खोल्न अनुमति दिन रोकेको थियो । तर, अब राजमार्ग क्षेत्रमा साना पम्पका लागि अनुमति नदिने गरी यसलाई खोलिएको छ ।

अब निगमले तोकेको मापदण्ड पुर्‍याउने अत्याधुनिक पम्पले मात्रै सञ्चालन अनुमति पाउने निगमका वितरण विभाग प्रमुख सिताराम पोखरलेले बताए । कार्यबिधिले राजमार्ग क्षेत्रमा ठूला लगानी हुने पम्प मात्रै खुल्ने ब्यवस्था गरेको हो ।

अब खुल्ने पम्पका लागि करोडौं लगानी आवश्यक हुने देखिएको छ भने साना ब्यवसायी पम्प खोल्न सक्ने अवस्थमा रहने छैनन् ।

कति जमिनमा खुल्छन् ?

निगमले विभिन्न प्राविधिक शर्तहरु राख्दै मापदण्ड तोकेको छ । अब खुल्ने पम्पहरु साँघुरा हुने छैनन् ।

ठूला पम्पहरुले राजमार्गको शोभा पनि बढाउनेछ । अब तराई क्षेत्रमा यस्तो पम्प खोल्न न्युनतम् एक बिगाह जमिन चाहिनेछ । यो भन्दा कम जग्गा राखेर पम्प चलाउन नयाँ अनुमति नै दिइने छैन ।

पहाडी तथा हिमाली जिल्लामा पम्प खोल्न कम्तिमा ५ रोपनी जग्गा चाहिनेछ । भित्री मधेशका जिल्लाहरु उदयपुर, मकवानपुर, चितवन, सिन्धुली, दाङ र सुर्खेत जिल्लामा पनि यही जग्गाको मापदण्ड तोकिएको छ । पहाडी क्षेत्रमा ५ रोपनी भन्दा कम जग्गा राखिएका नयाँ पेट्रोल पम्पलाई अब सञ्चालन अनुमति नदिइने पोखरेलले बताए ।

शौचालय अनिवार्य

पम्पमा पुरुषका लागि दुईवटा शैचालयसहित ६ वटा युयुरिनरी र महिलाका लागि ४ वटा शौचालय तथा एउटा अपांगमैत्री शौचालय अनिवार्य गरिएको छ ।
पम्पभित्र सुरीषत पिउने पानीको ब्यवस्था अनिवार्य रुपमा गर्नुपर्नेछ । पम्पमा आकस्मिक अवस्थामा सोलार बिजुलीको व्यवस्था पनि हुनुपर्नेछ ।
अब पम्प छिर्ने र निस्कने सडक अनिवार्य रुपमा कालोपत्रे, कंक्रिट वा टयालिङ गरिएको हुनुपर्ने ब्यवस्था गरिएको छ । पम्पभित्र एप्रोच रोड, ट्यांक फार्म, बिक्री कक्ष, पार्किङ एरिया छुट्याउनुपर्नेछ । पम्पलाई पर्खालमार्फत सुरक्षित राख्नुपर्नेछ ।

अटोमेटिक पम्प

अहिले देशभर अधिकांश पेट्रोल पम्पहरुमा पुरानै प्रविधिमा मेसिन छन् । धेरै पम्प त डिजिटल प्रविधिमा पनि गएका छैनन् । तर, अब स्थापना हुने ठूला पम्पले अनिवार्यरुपमा अटोमेटिक पेट्रोलपम्प जोड्नुपर्नेछ ।

पम्पभित्रै एटीएम सुविधा हुनुपर्ने पनि विनियमावलीमा व्यवस्था गरिएको छ । जसको मद्दतमा एटीएमबाटै ग्राहकले सहजै तेल किन्न सक्नेछन् ।
सुरक्षाका लागि अग्नि प्रतिरोधी सिस्टम जोड्नुपर्ने र पम्पलाई सफा राख्नुपर्ने व्यवस्था पनि गरिएको छ ।

कतिले भर्छन् तेल ?

अहिले सञ्चालनमा रहेका पम्पहरु एकदमै अव्यवस्थित छन् । थोरै नोजल राखिने कारण पम्पमा दुईवटा बढी सवारी आउनासाथ पालो कुर्नैपर्छ । तर, अब खुल्ने नमुना पम्पहरुमा धेरैवटा वटासम्म सवारी एकैपटक पम्प पुगे पनि पालो कुरिरहनुपर्नेछैन ।

यी पम्पमा न्युनतम् ८ वटा सवारीले एकैपटक तेल भर्न सक्ने हुनुपर्ने अनिवार्य गरिएको छ । एकपटकमा ४ वटा पेट्रोल र चार वटा डिजेल नोजल हुनुपर्ने ब्यवस्था गरिएको हो ।

इलोक्ट्रोनिक कार्डबाट समेत भुक्तानी गर्न मिल्नेगरी कार्ड स्वरुप सुविधा पनि यस्ता पम्पमा रहनेछन् । यसले तेल किन्न रकम खल्तीमा बोक्नैपर्ने र जोखिम मोल्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।

रेष्टुरन्ट पनि

यस्ता पम्पमा सवारी रोक्दा यात्रुले त्यहाँ फाष्टफुड पनि किन्न पाउनेछन् । बिक्री स्थलमा भेन्डिङ मेसिनसहित किराना पसल पनि हुनेछन् । यस्ता पसलमा यात्रु तथा चालकले आफूलाई आवश्यक खाजाहरु किन्न सक्नेछन् ।

यस्तै पम्पमा न्युनतम् १० जनाले आरामपूर्वक खान मिल्ने रिफेसिङ हाउस हुनेछ । यतिमात्रै होइन कफीसप सहित रेष्टुरेन्ट पनि पम्पमै हुनेछ । विनियमावलीले नमूना पम्पका लागि यो सुविधा तोकेको छ ।

सवारी मर्मत केन्द्र पनि

पम्पमा न्युनतम सान २० वटासम्म गाडी पार्किङ गर्ने सुविधा हुनुपर्नेछ । सवारीमा केही समस्या आएको भएर मर्मतका लागि पनि यस्ता पम्प सहयोगी हुनेछन् ।
गाडी धुने, टायरमा हावा भर्ने र समान्य मर्मत गर्ने केन्द्र पनि पम्पभित्रै हुनुपर्ने गरी बिनियमावलीले मापदण्ड तोकेको छ । पम्पमा २४ नै घण्टा सुरक्षा गार्ड राख्नुपर्नेछ ।

पम्पको तेल स्टोर गर्ने ट्यांकी पनि अत्याधुनिक सिस्टमको हनुपर्नेछ । यसका लागि विभिन्न मापदण्डहरु तोकिएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x