Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं, १९ जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आइतबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३ रुपैँया बढाएको हो भने हवाई इन्धनमा । नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ११३ र डिजेलको मूल्य ९५ पुगेको छ । त्यस्तै हवाई इन्धन आन्तरिकमा प्रतिलिटर १०० रुपैँया पुगेको निगमले जनाएको छ । त्यस्तै अन्तर्राष्ट्रिय विमानहरुलाई हवाई इन्धन प्रति हजार लिटर ७५ अमेरिकी डलर वृद्धि गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । नयाँ मूल्य अनुसार हवाई इन्धन अन्तर्राष्ट्रिय उडानमा प्रतिहजार लिटरमा १,०७५ डलर पुगेको छ ।

निगमले अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार स्वचालित मूल्य पद्धति अनुसार इण्डियन आयल कर्पोरेसन –आइओसी) ले जुन १ मा पठाएको मूल्यसूची अनुसार मूल्य समायोजन गरेको हो । मूल्य समायोजनपछि निगमलाई पेट्रोलमा प्रतिलिटर एक रुपैँया ५९ पैसा, डिजेलमा तीन रुपैँया ४९ पैसा घाटा रहेको छ । निगमले खाना पकाउने ग्यासमा पनि १३९ रुपैँया ३९ पैसा घाटा व्यहोरिरहेको छ । निगमले यस्तो घाटा हवाईइन्धन, मटितेल र मूल्य स्थिरीकरण कोषबाट बेहोर्ने जनाएको छ । यो पाक्षिक (जुन १ देखि १५) सम्म निगमलाई नयाँ बिक्री मूल्य लागू गरेर पनि १८ करोड ६२ लाख रुपैँया घाटा हुने प्रक्षेपण गरिएको छ । अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागिरहेको छ । अहिले यो मूल्य करिब ८० अमेरिकी डलर प्रतिब्यारेल पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x