Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण ३ बर्ष भित्र पुरा गरिने  

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण ३ बर्ष भित्र पुरा गरिने  

काठमाडौं, जेठ १२ । पर्यटन तथा नागरिक उड्डयन  मन्त्री रविन्द्र अधिकारीले आगामी पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकार्य आगामी ३ बर्ष भित्र पुरा गरिने बताउनु भएको छ । सरकार गठन भएको १ सय दिनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन अन्तरगत भएका कामहरुबारे जानकारी दिँदै मन्त्री अधिकारीले ३ बर्ष भित्र पोखर क्षेत्रिय विमान स्थल निर्माणको कार्य सम्पन्न गरिने बताउनु भएको हो ।

मन्त्री रविन्द्र अधिकारीले वस्तुनिष्ठता, आवश्यकता र लागत विश्लेषण बिना योजनाहरू बनाइने गरेकाले कार्यान्वयनमा समस्या देखिएको बताउनु भयो ।   अन्तर मन्त्रालय मात्र होइन मन्त्रालय भित्रै पनि शाखा शाखाबीच समन्वयको कमी रहेको यसले काममा ढिला सुस्ती ल्याउने गरेको मन्त्री अधिकारीको भनाइ थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई दैनिक २१ घन्टा सञ्चालनमा ल्याइएको, पशुपति क्षेत्रलाई मगन्ते मुक्त बनाइएको  विषय १ सय दिनको उपलब्धीको रुपमा पर्यटन मन्त्रालयले समेटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x