Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

पौदी सेभ सोसाईटीद्वारा अर्घाखाँचीका तीन बालबालिकालाई एक लाख नगद सहयोग

पौदी सेभ सोसाईटीद्वारा अर्घाखाँचीका तीन बालबालिकालाई एक लाख नगद सहयोग

काठमाडौं, ४ साउन । पौदी सेभ सोसाईटीले अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्वर १, मरेङ्ग सुन्दरपोखरीका तीन बालबालिकालाई एक लाख नगद सहयोग हस्तान्तरण गरेको छ । बाबुले आत्महत्या अनि आमाले पनि छाडेर गए पछि विचल्लीमा परेका उनीहरुलाई सोसाईटीले सहयोग गरेको हो ।

बालबालिकाको विचल्लीको खबर सञ्चार माध्यमबाट थाहा पाए पछि पौदी सेभ सोसाइटी जापानका संयोजक कृष्ण केसीको नेतृत्वमा विदेशी भुमीमा काम गरिरहेका साथै स्वदेशमा रहेका नेपालीबाट उक्त रकम संकलन गरिएको थियो । सोसाइटीले बालबालिकाको पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ आफुहरुले सहयोग गरेको बताएको छ ।

संकलित रकम हस्तान्तरण गर्दै गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले सामाजिक उत्तरदायित्व वहन गर्ने सहयोगी सम्पुर्णलाई धन्यवाद दिए । सोसाईटीले यस भन्दा पहिले तिल बहादुर जिसीलाई पनि आर्थिक सहयोग गरेको थियो । पौदी सेभ सोसाइटीको आह्वानमा विदेशी भुमीमा काम गरिरहेका र स्वदेशमै रहेका नेपालीले आर्थिक अवस्था कमजोर भएका दुःखी, गरिव र असक्त नेपालीलाई आफ्नो कमाईबाट केही रकम सहयोग गर्दै आएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x