Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

प्रत्यक्ष बैदेशीक लगानी सरकारको मुख्य प्राथमिकता : मन्त्री खतिवडा

प्रत्यक्ष बैदेशीक लगानी सरकारको मुख्य प्राथमिकता : मन्त्री खतिवडा

काठमाडौं, ८ बैशाख । अर्थमन्त्री डा.युवराज खतिवडाले मुलुकको विकासका लागि प्रत्यक्ष वैदेशिक लगानी मुख्य प्राथमिकतामा रहेको बताएका छन् । लगानी बोर्ड, उद्योग परिसंघ र स्टयान्डर्ड चार्टर्ड बैंकले संयुक्त रूपमा आयोजना गरेको एक सम्मेलनमा उनले सरकारसँग पर्याप्त कोष नभएकाले वैदेशिक लगानी आवश्यक भएको बताएका हुन ।

सन् २०२२ मा मध्यम विकसित राष्ट्र हुनका लागि पूर्वाधारमा लगानी आवश्यक रहेको भन्दै मन्त्री खतिवडाले त्यसका लागि पनि प्रत्यक्ष वैदेशिक लगानी मुख्य प्राथमिकतामा भएको बताए । उनले लगानी प्रवद्र्धनका लागि सरकार नीतिगत परिमार्जनका क्रममा रहेको र केही परिमार्जन भइसकेको जानकारी दिए । त्यस्तै उनले निजी क्षेत्रको लगाानी आकर्षित गर्न पनि सरकार प्रतिबद्ध रहेको बताए ।

त्यस्तै लगानी बोर्डका कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले मिश्रित लगानी सबै निकाय मिलेरै गर्न आग्रह गरे । मेगा प्रोजेक्टका लागि ठूलो लगानी आवश्यक रहेको बताउँदै उनले संयुक्त लगानीबाट मुलुकमा समृद्धि आउने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x