Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

प्रथम अन्तराष्ट्रिय आमन्त्रित सुदुरपश्चिम खप्तड गोल्डकप धनगढीमा सुरु

प्रथम अन्तराष्ट्रिय आमन्त्रित सुदुरपश्चिम खप्तड गोल्डकप धनगढीमा सुरु

धनगढी २१ पुस । प्रथम अन्तराष्ट्रिय आमन्त्रित सुदुरपश्चिम खप्तड गोल्डकप आजदेखि कैलालीको धनगढीमा सुरु भएको छ । सुदुरपश्चिम ११ फुटवल क्लवको आयोजनामा भएको गोल्डकपको एक कार्यक्रमका वीच सासद पुष्करनाथ ओझाले उद्घाटन गरे ।

माघ १ गतेसम्म चल्ने गोल्डकपमा नेपालका ए डिभिजन, नेपाल आर्मी र भारत तथा भुटानको १र१ गरी १२ टीमको सहभागीता रहेको आयोजक समितीका संयोजक सुरेश हमालले जानकारी दिए ।
गोल्डकप विजेताले रु ५ लाख र उपविजेता रु ढाई लाख तथा उत्कृष्ट खेलाडीले यमाहा मोटरसाईकल पुरस्कार व्यवस्था रहेको छ । यसअघि उद्घाटन कार्यक्रममा एन्फाका वरिष्ठ उपाध्यक्ष मणी कुँवर लगायतले शुभकामना मन्तव्य दिए ।
गोल्डकप अन्तर्गत आज भएको उद्घाटन खेलमा भारतको पञ्जाव फुटवल क्लव विजयी भएको छ । नेपालगज ११ लाई ३–२ ले हराउँदै पञ्जाव दोस्रो चरणमा प्रवेश गरेको हो ।
पञ्जावका लक्कीले दुई र रिमीले एक गोल गरे । नेपागंज ११ का तर्फवाट विक्रम सिंह ठकुरीले एक गोल गरे भने एक गोल आत्मघाती उपहार पायो । खेलको म्यान अफ द म्याच पञ्जावका गोलरक्षक गु्रजित सिंह भए ।
प्रतियोगिता अन्तर्गत भोली धनगढी रंगशालामा वेष्ट काठमाण्डौ र डुक स्टार भुटानका वीच प्रतिस्पर्धा हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x