Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

प्रथम तारकेश्वर महोत्सव बैशाख १७ देखि

प्रथम तारकेश्वर महोत्सव बैशाख १७ देखि

काठमाडौं, १० बैशाख । नुवाकोट पूर्वाधार विकास संस्था र छारमेन्दो युवा सेवा समाजको संयुक्त आयोजनामा यही बैशाख १७ गते देखि १९ गतेसम्म तार्केश्वर गाँउपालिका–१ फलाटेमा प्रथम तारकेश्वर महोत्सव हुने भएको छ । स्थानीय कला संस्कृतिको संरक्षण एवं प्रवद्र्धनका लागि महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

महोत्सवमा स्थानिय कला, संस्कृति, चालचलन, रीति–रिवाज झल्कने विभिन्न संस्कृतिक कार्यक्रमको आयोजना गर्नुका साथै स्थानीय उत्पादनहरुको प्रर्दशनी पनि गरिने छ । उक्त गाँउपालिमा दाङसिङ छाङा झरना, जन्तरेको गाडीडाँडा, फिर्केपकोट, गुफा, बुधसिङ डाँडा, काफलपानी भञ्ज्याङका साथै लामटाङ हिमाल लगायत थुप्रै प्राकृतिक सम्पदाहरुको अवलोकन गर्न सकिने आयोजकले जनाएको छ ।

“एक घर एक ब्यापार, तार्केश्वर समृद्धिको आधार” भन्ने नारासहित आयोजना गर्न लागिएको महोत्सवमा ५० वटा स्टल रहने र करिब ४० हजार भन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । त्यस्तै करिब ६० लाख रुपैंया बराबरको कारोवार गर्ने पनि आयोजक संस्थाले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x