Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

प्रदेश ४ को स्थायी राजधानी पोखरा

प्रदेश ४ को स्थायी राजधानी पोखरा

कास्की, १८ असार । प्रदेश नं ४ को स्थायी राजधानी कास्कीको पोखरा रहने भएको छ । प्रदेश सभा बैठकले प्रदेशको स्थायी राजधानी पोखरा रहने प्रस्ताव सर्व सम्मतले पारित गरे सगै प्रदेश ४ को स्थायी राजधानि काहा रहने भन्ने विषय टुग्गो लागेको हो ।

प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले भौगोलिक अवस्थिति, जनचाहना, पहुँच, सुलभताका साथै प्रदेश राजधानी तथा नामाङ्कन समितिको पहिलो प्राथमिकता पोखरा नै रहेका कारण राजधानी पोखरा तोकियोस् भनी राख्‍नुभएको प्रस्ताव एवं प्रदेशसभा सदस्य मणिभद्र शर्माले गर्नुभएको समर्थनलाई सभाले दुई तिहाइ बहुमतले पारित गरेको हो ।

प्रदेशसभामा उपस्थित कुल ५९ सदस्यमध्ये आजको बैठकमा उपस्थित ५२ प्रदेशसभा सदस्यले पोखरा राजधानी हुनुपर्ने पक्षमा मतदान गर्नुभयो । सदस्यले प्राकृतिक सुन्दरतायुक्त पोखरा राजधानी बनाउनुपर्ने भए पनि आगामी दिनमा हुन सक्ने बढ्दो चाप एवं पूर्र्वाधार विकासका क्रमका कारण यसको सुन्दरता क्षयीकरण हुन सक्नेतर्फ गम्भीर बन्नुपर्नेमा जोड दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x