Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

चीन भ्रमण-सन्तुलित सम्वन्धको अग्नी परिक्षामा प्रधानमन्त्री ओली

चीन भ्रमण-सन्तुलित सम्वन्धको अग्नी परिक्षामा प्रधानमन्त्री ओली

काठमाडौं, ४ असार । निर्वाचन सम्पन्न भएको दुई साता पनि नपुग्दै नेपाल–चीन सिमाना केरुङ पुगेर चिनियाँ रेल केरुङबाट काठमाडौं हुँदै लुम्बिनीसम्म पुर्‍याउने उद्घोष गरेका प्रधानमन्त्री ओली चीन भ्रमणमा निस्कदै छन् ।  चैतको अन्तिम साता दक्षिणी छिमेकी राष्ट्र भारतको भ्रमण गरेका प्रधानमन्त्री ओली भोलीबाट उत्तरी छिमेकी चिनको भ्रमणमा जाने भएपछि भ्रमणको एजेण्डाका सम्वन्धमा संसदलाई जानकारी गराउदै छन् । चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली  मन्त्री, उद्योगी ब्यवसायीहरु लगायतको २० भन्दा बढी प्रतिनिधि मण्डलको नेतृत्व गर्दै  त्यस तर्फ जान लागेका हुन । विगतका समझदारी कार्यान्वयन र नेपालमा चीनिया लगानी भित्रउने र छिमेकीसँगको सन्तुलीत सम्वन्ध विस्तार नै आफ्नो चीन भ्रमणको मुख्य उद्देश्य रहेको प्रधानमन्त्री ओलीले बताउदै आएका छन् ।

को को छन् ओलीको भ्रमण दलमा ?

परराष्ट्र मन्त्रालयका अनुशार ओलीको भ्रमण दलमा  प्रधानमन्त्री ओलीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य , गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, सांसदहरु, नेपाल सरकारका उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी सहभागी हुनुहुनेछन् ।

भ्रमण कार्य सुची र कार्यक्रम 

पाँच दिने चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नुहुनेछ ।परराष्ट्र मन्त्रालयका अनुसार उहाँले चीनका वरिष्ठ नेताहरुसँग भेटवार्ता गर्नुहुनेछ । प्रधानमन्त्रीले नेपाल–चीन व्यापारिक मञ्च तथा विद्वत समूहलाई बेइजिङमा सम्बोधन गर्नुहुनेछ । भ्रमणकै सिलसिलामा केही सहमति र समझदारीपत्रमा हस्ताक्षर हुनेछ । प्रधानमन्त्री ओलीले चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासाको पनि भ्रमण गर्नुहुनेछ । त्यहाँ उहाँले तिब्बतका प्रान्तीय नेताहरुसँग भेटवार्ता हुनुहुनेछ ।

‘एक क्षेत्र एक मार्ग (बीआरआई)’ अन्तर्गत पूर्वाधार निर्माण, लगानी आकर्षण, ऊर्जा, पर्यटनलगायत क्षेत्रमा द्विपक्षीय छलफल र समझदारीपत्रमा समेत हस्ताक्षर हुने पराराष्ट्र स्रोतले जानकारी दिएको छ  ।प्रधानमन्त्रीको आसन्न भ्रमणलाई चीनिया पक्षले दुई पक्षीय सम्बन्धमा सबैभन्दा महत्वपूर्ण पहल कदमीका रुपमा अंगिकार गर्ने बताइएको छ । भ्रमणका अवसरमा नेपाल–चीन सीमा क्षेत्रमा थप पाचँ नाका खोल्ने समझदारी हुन लागेको  परराष्ट्र मन्त्री प्रदिप ज्ञवलीले जानकारी दिएका छन् ।

परराष्ट्र मन्त्री ज्ञावलीका अनुशार  भ्रमणका अवसरमा समझदारी पत्रमा हस्ताक्षर र ‘लेटर अफ एक्सचेन्ज’ आदानप्रदान हुने छ जसले दुवै देशको राजनीतिक स्थिरताले विकास र समृद्धिको नयाँ मार्ग प्रशस्त हुने अपेक्षा गरिएको उहाँले बताउनु भयो । ज्ञवालीका अनुशार विगतका सम्झदारी र सम्झौताको कार्यान्वयनको बाटो खुल्ने र भ्रमणका क्रममा सहयोगका नयाँ क्षेत्र पनि पहिल्याइने छ । दुई देशबीच कनेक्टेभिटीका क्षेत्रमा महत्वपूर्ण सम्झदारी हुनुका साथै केरुङ–काठमाडौ, काठमाडौँ–पोखरा रेल परियोजनाका सम्बन्धमा विस्तृत परियोजना प्रतिवेदन बनाएर अघि बढ्ने समझदारी हुने  छ ।

राष्ट्रिय हितको पक्षमा परिणाममुखी बनाउ पूर्वप्रधानमन्त्री 

पूर्व प्रधानमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाइ अधिकतम राष्ट्रिय हितको लागि परिणाम मुखी बनाउन सुझाव दिएका छन् । चीन भ्रमणको तयारीका सम्बन्धमा सिंहदरबारमा  पूर्वप्रधानमन्त्रीहरुलाई अवगत गराउदैँ ओलीले आयोजना गरेको छलफलमा उनिहरुले चिनिया लगानी भित्राउन र विगतमा गरिएका समझदारी कार्यान्वयनमा जोड दिएका हुन ।

पूर्वप्रधानमन्त्रीहरुसँगको छलफलमा नेपाली काँग्रेसका सभापति एवम् पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भ्रमणले नेपालको हित हुने विश्वास व्यक्त गरे । नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–चीन–भारत बीच त्रिदेशीय सम्बन्ध अगाडि बढ्नु सकारात्मक भएको बताउदै अधिकतम् राष्ट्रिय हितमा प्रयोग गर्न सुझाए  । त्यस्तै पूर्वप्रधानमन्त्री झलनाथ खनालले रेल परियोजनाप्रति सबैको आशा रहेको बताए । लिखिति सुझाब पेश गरेका  पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भने सगरमाथाको उचाइ देखी लिपुलेकको कुरा सम्मका विषय भ्रमणका एजेण्डा बन्न् पुर्ने धारणा राखे । पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले नेपाल चीनको बहुआयामिक सम्बन्धलाई महत्वका साथ अघि बढाउन रणनीतिक साझेदारीको दिशामा अग्रसर हुनपर्ने राखेका थिए भने । मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले नेपालमा चीनिया लगानी भित्राउने बातावरण बन्नु पर्ने राय व्यक्त गरे । जवाफ प्रधानमन्त्री ओलीली भ्रमणलाइ राष्ट्रिय हितमा फलदायी बनाउने विश्वास दिलाएका थिए ।

भ्रमणमा चिनिया चासो !

एमाले र माओवादीबीच एकीकरण भई बनेको शक्तिशाली कम्युनिस्ट पार्टी बनेको र दुइ तिहाइ बढी बहुमत भएको कम्युनिस्ट सरकारप्रति चीनको अपेक्षा बढी नै छ । त्यसैले चिनियाँ विदेश नीतिको उद्देश्य हासिल गर्ने रणनीति अनुरूप ओलीको आसन्न भ्रमणलाई चीनले पनि उच्च महत्त्व दिने चीन मामाला जानकारहरु बताउछन् । पश्चिम सेती स्वदेशी लगानीबाटै निर्माण गर्ने बजेटमार्फत सार्वजनिक भएको सरकारको नीतिलाई चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले प्रतिवाद गरेपछि  नेपालको जलविद्युतमा भारतकै जस्तो गहन स्वार्थ रहेकोसमेत देखिएको छ ।  यसका साथै राष्ट्रपति सीको सम्भावित नेपाल भ्रमणको पृष्ठभूमि पनि ओलीको चीन भ्रमणको अवधिमा तय हुनेछ । त्यसैले समय र कार्यसूची दुवै दृष्टिले ओलीको आसन्न चीन भ्रमण अत्यन्त महत्त्वपूर्ण छ । यतिवेला छिमेकी सँगको सन्तुलीत सम्वन्धको आग्नी परिक्षामा प्रधानमन्त्री ओली उभिएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x