Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

प्रभु इन्स्योरेन्सको हकप्रदको बिक्री खुल्ला

प्रभु इन्स्योरेन्सको हकप्रदको बिक्री खुल्ला

काठमाडौं, ८ असार । प्रभु इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर आज असार ८ गतेदेखी बिक्री खुल्ला गरिएको छ । कम्पनीले १ बराबर ०.४६ कित्ता अर्थात ४६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने जनाएको छ । उक्त हकप्रद शेयरको बिक्री बन्द श्रावण १० गते हुनेछ ।

कम्पनीले एक सय रुपैयाँ अंकित मुल्य भएको ३१ करोड ६६ लाख ६७ हजार ७६३ रुपैयाँ बराबरको ३१ लाख ६६ हजार ६७७।६३ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । उक्त हकप्रद शेयरको निष्कासन तथा बिक्री प्रबन्धकमा कम्पनीले प्रभु क्यापिटललाई नियुक्त गरेको छ । हकप्रद शेयरको आवेदन प्रभु क्यापिटलको शाखा दरबारमार्ग र प्रभु बैंकको सम्पु्र्णमा शाखामा दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले निष्कासन गर्ने हकप्रद शेयर पछि चुक्ता पुँजी १ अर्ब रुपैयाँ नाघ्ने छ । कम्पनीको हाल चुक्ता पुँजी ६८ करोड ४८ लाख रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x