Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

प्रभु टिभीले उच्च गुणस्तरको सेवा दिने, यसै महिनाबाट संचालनमा आउने

प्रभु टिभीले उच्च गुणस्तरको सेवा दिने, यसै महिनाबाट संचालनमा आउने

सरकारले डिजीटल प्रविधिमा च्यानलहरु प्रसारण गर्न निर्देशन दिएसंगै डिजीटल प्रविधिमा च्यानलहरु प्रसारण सेवा दिने केवल टिभी संचालकहरुको संख्यामा वृद्धि भएको छ । यो क्रममा अहिले बजारमा प्रभु टिभी नामक नयाँ केवल टिभी संचालक आएको छ । केवल टिभी संचालन र यसले दिने सेवाहरुको बारेमा प्रभु टिभीका महाप्रवन्धक शंकर कालिकोटेसँग हामीले कुराकानी गरेका छौं । प्रस्तुत छ सो कुराकानीमा आधारित एक रिर्पाेट

प्रभु टिभि भनेको कस्तो टिभी हो ?

प्रभु टिभि भनेको नयाँ जेनेरेसनको डिभिवि टि–टु (डिजिटल भिडियो ब्रोडकास्टिङ) प्रविधिमा आधारित टिभी हो । यसका धेरै राम्रा पक्षहरु छन् । अहिले नेपाल सरकारले पनि सबै सिग्नल डिजिटल गर्ने भएको छ । हामीले पनि यसमा डिजिटल सिग्नल प्रक्षेपण गर्छौं र यसले सहरलाई कुरुप हुनबाट बचाउँछ । स्मार्ट सिटि कन्सेप्टमा तार रहित केवलहरु र घरमा पनि धेरै तारहरु मिलाउन टेक्नीसीयनको आवश्यकता नपर्ने रेडि टु कन्टेक्ट हुन्छ । हाम्रो प्रोडक्ट सेटअप बक्स र इन्डोरटिनाबाट हजुरहरुले घरमै बसेर टिभी हेर्न सक्नु हुन्छ । हाम्रो धेरै जसो प्रसारण हाइ डेफिनेसनमा हुन्छ । तपाईँहरुले बजारमा हेर्ने च्यानल भन्दा हाम्रो च्यानल धेरै उत्कृष्ट छ ।

प्रभु टिभी कहिलेदेखी संचालनमा आउँछ ?
अहिले लन्चिङ यथासिघ्र गर्ने भनेर वार फुडिङमा काम गरिरहेका छौँ । जेठको अन्तिम साता भित्रमा हामी लन्च गरि सक्छौँ र यहाँहरुको सामु आइसक्छौँ ।

यस टिभीले कस्तो कस्तो प्रकारका प्याकेज लिएर आउँदैछ ?
हामीले पब्लीकलाई मार नपर्ने गरी सर्वसुलभ रेट राखेर क्वालीटिमा ध्यान दिराखेका छौं । क्वालिटी चाँही सवैको भन्दा राम्रो होस् भनेर त्यहि अनुसार प्रसारण गछौँ । र रेटमा पनि कम्पीटेन्ट मार्केट भन्दा धेरै सस्तोमा हामी दिने प्रयास गरिरहेका छौं । यसका लागी हामीले हाम्रो प्याकेजहरुको दर भाउ वेवसाइटमा राखी सकेका छौं। यहाँहरुले हेरेर आफै दाज्न सक्नु हुन्छ हामी अरु भन्दा कहाँ छौँ भनेर ।

यसमा कस्तो किसिमको क्वालीटि आउँछ , प्रभु टिभीले अरु टिभी भन्दा दिने फरक क्वालिटी के छ ?
हाम्रो यो डिजिटल च्यानल हो । त्यसमा पनि हाइ डिफिनेसन क्वालीटी हामी दिन्छौँ । र अरु सामान्य जुन च्यानलहरु छन् तिनीहरुको प्रसारण चाँही हामी लगभग अरु च्यानलले जसरी दिन्छन हाइ डिफिनेसन भनेर त्यहि कम्पीटिसनमा त्यस्तै हुन्छ ।

प्रभु टिभी काठमाडौं र काठमाडौं बाहिरका लागी कहाँ कहाँ शुरुवात गर्नु हुन्छ ?
हामीले नेपाल सरकारबाट अधिराज्य भरि सचालनको लाइसेन्स लिएका छौं । तर शुरुवात काठमाडौं, पोखरा, चितवनबाट गर्दैछौं भने यथासिघ्र फेरी पुर्वको भेडेटारबाट शुरु गर्छौ । तर यसलाई विस्तार गरेर हामी नेपाल अधिराज्य भरि पुग्छौँ । हाललाई भने यिनै ४ ठाँउबाट शुरु गर्दैछौँ ।

तार रहित टेलिभिजनको क्वालिटीको कुरा गर्दा यसले कस्तो किसीमको क्वालिटी दिन्छ ?
हाम्रो इक्कुपमेन्ट पनि लेटेस्ट छ । अहिले युरोप तिर प्रयोग हुने ट्रान्समिटरहरु कम्माइनरहरु यि जति पनि सामाग्रीहरु छन् । जुन लेटेस्ट र उत्कृष्ट खालका छन्, एचडि प्रसारण गर्ने खालका । एक त हाम्रो टेक्नोलोजि सोफेस्टिकेटेट छन् । त्यो सँगसँगै हामीले गारवेच च्यानलहरु भन्दा पनि सटिङ गरेर राम्रो च्यानलहरु सकेसम्म धेरै तर राम्रा च्यानलहरु प्रसारण गर्ने लक्ष्य राखेको हुनाले हामीले क्वालिटीमा बढी विचार गरेका छौँ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x