Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

प्रभु बैंकको १६औं वार्षिक साधारण सभा जेठ १० गते

प्रभु बैंकको १६औं वार्षिक साधारण सभा जेठ १० गते

काठमाडौं, २० वैशाख । प्रभु बैंक लिमिटेडको १६औ. वार्षिक साधारण सभा जेठ १० गते बस्ने भएको छ । वैशाख १९ गते बसेको बैंकको संचालक समितिको बैठकले जेठ १० गते १६औं वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो ।

बैंकको यस साधारण सभामा शेयरधनीहरुलाई लाभांश नदिने निर्णय भएको छ । यस साधारण सभामा बैंकले उपयुक्त बैंक तथा वित्तीय संस्थालाई आफुमा गाभ्नका लागि पुर्ण अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव लाने भएको छ ।

साधारण सभा संचालनको लागि बैंकले वैशाख २८ देखी जेठ १० गतेसम्मका लागि शेयर दर्ता किताब बन्द गर्ने भएको छ । चालु आर्थिक वर्षको चैत्रमसान्तसम्ममा बैंकले ८६ करोड ७१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । समिक्षा अवधिमा बैंकको निक्षेप संकलन ८७ अर्ब ६३ करोड रुपैयाँ र कर्जा प्रवाह ७३ अर्ब रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x