Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

प्रिमियरको एफपीओमा करिब ६६ हजारले पाए १० कित्ता शेयर, २८४६ आवेदन रद्द

प्रिमियरको एफपीओमा करिब ६६ हजारले पाए १० कित्ता शेयर, २८४६ आवेदन रद्द

काठमाडौं, १८ माघ । प्रिमियर इन्स्याेरेन्सको एफपीओ बिहीबार बाँडफाँट भएको छ । गोलाप्रथाबाट बाँडफाँट गर्दा ६५ हजार ९५१ जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् भने ५ जनाको हातमा ११ कित्ताका दरले सेयर परेको छ । कुल १ लाख ८९ हजार ३२१ आवेदकमध्ये १ लाख ८६ हजार ४७५ जनाको आवेदन स्वीकृत भएको छ भने २ हजार ८ सय ४६ जनाको आवेदन रद्द भएको छ ।
इन्स्योरेन्सले १०० रुपैयाँअंकित मूल्यमा ६९९ रुपैयाँ प्रिमियम थप गरी ७ सय ९९ रुपैयाँका दरले ६ लाख ६५ हजार ५ सय ६५ कित्ता एफपीओ निष्कासन गरेकोमा १ लाख ८९ हजार वटा आवेदन परेको क्यापिटलले जनाएको छ । सम्पूर्ण आवेदकबाट ५२ करोड ६९ लाख ९२ हजार ४३५ रुपैया बराबर रकमकोे सेयरका लागि ३ अर्ब २४ करोड रुपैंया बढीको सेयर माग भएको थियो ।
कम्पनीले एफपिओ बिक्री पश्चात ४६ करोड १० लाख रुपैंया प्रिमियम संकलन गर्नेछ । एफपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी चुक्ता ५१ करोड हुनेछ । बीमा समितिले गरेको व्यवस्था अनुसार १ अर्ब चुक्ता पूँजी कायम गर्न कम्पनीले गत आर्थिक वर्षको कमाईबाट १३.५२ प्रतिशत बोनस बितरण गर्ने प्रस्ताव गरिसकेको छ । सो बोनस शेयर हाल एफपीओको बाँडफाँडमा पर्ने लगानीकर्ताले पनि पाउने कम्पनीले जनाएको छ । उक्त बोनस पश्चात कम्पनीको चुक्ता पूँजी साढे ५८ करोड हुनेछ । बिमा समितिले निर्धारण गरेको पुँजी पु¥याउन कम्पनीलाई थप ४२ करोड रुपियाँ पुँजी थप्नुपर्ने हुन्छ । कम्पनीले थप पुँजी नथपी एफपीओको प्रिमियमबाट नै बोनस शेयर दिएर पुँजी पु¥याउन सक्ने देखिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x