Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

प्रिमियर इन्स्योरेन्सको एफपिओको बिक्री खुल्ला, प्रति कित्ता ७९९ रुपैयाँ

प्रिमियर इन्स्योरेन्सको एफपिओको बिक्री खुल्ला, प्रति कित्ता ७९९ रुपैयाँ

काठमाडौं, १६ पौष । प्रिमियर ईन्स्योरेन्सको थप नयाँ शेयर निष्कासन एफपिओ पौष १६ गतेदेखि बिक्री खुल्ला गरिएको छ । इन्स्योरेन्सले ६ लाख ५९ हजार पाँच सय ६५ कित्ता थप नयाँ साधारण सेयरको बिक्री खुल्ला गरेको छ ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा ६९९ रुपैयाँ प्रिमियम थपगरी प्रतिकित्ता ७९९ रुपैयाँका दरले ६ लाख ५९ हजार पाँच सय ६५ कित्ता बिक्री गर्न लागेको हो । सो परिमाणमा शेयर निष्काशन गरेपछि कम्पनीमा संस्थापक र साधारण सेयरको अनुपात ५१ः४९ कायम हुनेछ ।

कम्पनीको एफपीओ पुस १६ गतेदेखि पुस १९ गतेसम्म खुला गरिएको हो । आवेदकले न्यूनतम दश कितादेखि अधिकतम ३ हजार २९० कितासम्म आवेदन दिन सक्नेछन् । एफपीओको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

अहिले इन्स्योरेन्सको चुक्ता पूँजी ४४ करोड ८५ लाख ४ हजार रुपैयाँ रहेको छ । एफपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ५१ करोड ४४ लाख ६० हजार रुपैयाँ पुग्नेछ । कम्पनीको जगेडाकोषमा ४६ करोड १० लाख रुपैयाँ जम्मा हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x