Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

प्रिमियर इन्स्योरेन्स २५ वर्षमा, वीमाको पहुँचमा केन्द्रित बन्ने

प्रिमियर इन्स्योरेन्स २५ वर्षमा, वीमाको पहुँचमा केन्द्रित बन्ने

काठमाडौं, २ जेठ । प्रिमियर इन्स्योरेन्स संचालनको २५ वर्षमा प्रवेश गरेको छ । यस अवधिसम्ममा इन्स्योरेन्सले ३९ शाखाहरु मार्फत वीमा सेवा उपलब्ध गर्दै आएको छ ।

इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा १३ करोड ३५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यस्तै समिक्षा अवधिमा इन्स्योरेन्सको खुद वीमा शुल्क आर्जन ६२ करोड १४ लाख रुपैयाँ रहेको छ । इन्स्योरेन्सले जारी गरेको ६ लाख ५९ हजार ५६५ कित्ता थप नयाँ शेयर निष्कासन र १३.५२ प्रतिशत बोनस शेयर पछि चुक्ता पुँजी ५८ करोड ४० लाख रुपैयाँ पुग्ने छ । वीमा समितिको निर्देशन अनुसार इन्स्योरेन्सलाई तोकिएको १ अर्ब रुपैयाँको चुक्ता पुँजी पुर्याउन ४१ करोड ६० लाख रुपैयाँ आवश्यक परेको छ ।

इन्स्योरेन्सले ७९९ रुपैयाँमा ६ लाख ५९ हजार ५६५ कित्ता थप नयाँ शेयर निष्कासन गरेको थियो । यस्तै इन्स्योरेन्सको २४औं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई १३.५२ प्रतिशत बोनस शेयर दिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x