Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

प्रुडेन्सियल इन्स्योरेन्सको बुक क्योज

प्रुडेन्सियल इन्स्योरेन्सको बुक क्योज

काठमाडौं, ४ मंसिर । हकप्रद निष्कासनका लागि प्रुडेन्सियल इन्स्योरेन्सको शेयर दर्ता पुस्तिका बन्द मंसिर १५ गते हुने भएको छ । मंसिर १४ गतेसम्म कम्पनीको शेयर खरिद गर्ने लगानीकर्ताहरुले हकप्रद शेयर भर्न पाउने छन् ।

कम्पनीले १० बराबर ३ कित्ता अर्थात ३० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । यस अघि मंसिर १ गते कम्पनीको १६औं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर दिने प्रस्तावलाई पारित गरेको थियो । कम्पनीले पारित गरेको २० प्रतिशत बोनस शेयर र ३० प्रतिशत हकप्रद शेयर जारी पछि कम्पनीको चुक्ता पुँजी ६४ करोड २० लाख रुपैयाँ पुग्ने छ । कम्पनीको हाल चुक्ता पुँजी ४२ अर्ब ७६ करोड रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x