Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

प्रेस चौतारीको प्रदेशस्तरीय भेला टिकापुरमा

प्रेस चौतारीको प्रदेशस्तरीय भेला  टिकापुरमा

धनगढी, १३ माघ । श्रमजीवि, व्यावसायिक प्रगतिशील पत्रकारहरुको छाता संगठन प्रेस चौतारी नेपालको ७ नं. प्रदेशस्तरीय भेला शनिबार (भोली) टिकापुरमा हुने भएको छ । नेकपा एमाले प्रचार विभाग र प्रेस चौतारी नेपालको संयुक्त आयोजनामा उक्त भेला हुने भएको हो ।
भेलामा संगठनको सांगठनिक गतिविधी आगामी कार्यदिशाका बारेमा छलफल हुनेछ । भेलामा नौं वटै जिल्लाका जिल्ला अध्यक्ष, निवर्तमान अध्यक्ष, प्रेस चौतारी नेपालका तर्फबाट नेपाल पत्रकार महासंघको नेतृत्व गर्ने प्रतिनिधि, प्रचार विभागका प्रमुख लगायतको सहभागीता हुने प्रचार विभाग कैलालीका प्रमुख दुर्गाप्रसाद जोशीले जानकारी दिनुभयो ।
शनिबार टिकापुरमा आयोजना आयोजना हुन लागेको सो भेलामा पुर्व उपप्रधान मन्त्री नेकपा एमालेका उपाध्यक्ष भीम रावल प्रमुख अतिथि रहनेछन् । यस्तै नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराई, उप्रमुख सूर्य थापा प्रेस चौतारीका पुर्व अध्यक्षहरुको सहभागीता हुने प्रेस चौतारी नेपाल कैलालीका अध्यक्ष मीन ठकुरीले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x