Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

प्लाष्टिक, पाइप तथा ब्लोन प्लान्टमा भएका आधुनिक प्रविधिबारे उद्यमीलाई जानकारी

प्लाष्टिक, पाइप तथा ब्लोन प्लान्टमा भएका आधुनिक प्रविधिबारे उद्यमीलाई जानकारी

काठमाडौं, २ जेठ । भारतको प्रतिष्ठित प्लाष्टिक तथा पाइप प्लान्ट उत्पादक कम्पनी काब्रा एक्स्टुसन टेक्निक लिमिटेडले सरोकारवाला उद्योगी एवं व्यवसायीहरुलाई प्लाष्टिक, पाइप तथा ब्लोन फिल्म प्लान्टमा भएका आधुनिक प्रविधिवारे जानकारी दिएको छ ।

कम्पनीले हिजो राजधानीमा आयोजना गरेको सेमिनारमा नेपाली र भारतीय गरि एक सय भन्दा बढी व्यवसायीहरुको सहभागिता रहेको थियो । ५५ बर्ष देखि संचालनमा रहेको यस कम्पनीले नेपाल सहित ८५ देशमा आफ्नो उत्पादन निर्यात गर्दै आएको छ ।

काब्रासँग पिभिसी तथा पिई पाइपको लागि युरोपको ब्याटेनफेल्ड, सिन्सीनाटी बेलिङ्ग मेसिनको लागि मेकानर, कोरुगेटर्सको लागि युनिकोर लगायत विदेशी साझेदारी समेत रहेको छ । यस्तै कम्पनीले डिप सिचाई व्यवस्थाको लागि इजरायलसँग समेत साझेदारी गरेर काम गरिरहेको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x