Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

फलाम र स्टिलजन्य निर्माण सामाग्रीको मूल्य फिर्ता लिन माग

फलाम र स्टिलजन्य निर्माण सामाग्रीको मूल्य फिर्ता लिन माग

काठमाडौं, १५ चैत । ग्रील तथा स्टील व्यवसायी महासंघले अस्वाभाविकरुपमा फलाम र स्टिलजन्य निर्माण सामग्रीको भाउ बढाइएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।महासंघले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी पछिल्लो समय व्यापारीले प्रतिकिलोग्राम ३५ रुपैयाँसम्म मूल्यवृद्धि गरेको भन्दै तत्काल फिर्ता गर्न माग गरेको हो ।

निर्माणमा बढी प्रयोग हुने डन्डी, ग्रील, रेलिङलगायतका वस्तुमा अस्वाभाविकारुपमा मूल्यवृद्धि भइरहँदा पनि सरकारले चासो नदेखाएको भन्दै तत्काल अनुगमन गरी कारबाही गर्न उद्योगी–व्यवसायीले माग गरेका हुन् । महासंघका अध्यक्ष मोहन कटुवालले विभिन्न बहानामा ग्रीलजन्य फलाम तथा निर्माण सामग्रीहरूको मूल्यवृद्धि हुँदा भूकम्पप्रभावितसहित यस पेसामा आवद्ध १ लाख ६० हजार व्यक्तिको भविष्य संकटमा परेको बताए ।

उनले तत्काल बढेको मूल्य फिर्ता नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिए । मूल्यवृद्धिसँगै पछिल्लो समय कृत्रिम अभावसमेत सिर्जना गरिएको महासंघको आरोप छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x