Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

फिफा वल्र्डकप २०१८ को ट्रफीको यात्रा

फिफा वल्र्डकप २०१८ को ट्रफीको यात्रा

काठमाडौं, १९ माघ । फिफा वल्र्डकप २०१८ को ट्रफीको टुर सुरु भएको छ । विश्वकप २०१८ को संस्करण जुन १४ बाट रसियामा सुरु हुँदै छ ।
विश्वकप २०१८को ट्रफी टुर कोकाकोलाले आयोजना गर्दै आएको छ । यसको सुरुवात गत ९ सेप्टेम्बर २०१७ देखि रसियाको मस्को लुजिन्की स्टेडिएमबाट सुरु भएको थियो । यो ट्रफीलाई रसियन लिगको सुरुवातको अवसर पारेर फिफाका अध्यक्ष जियानी इन्फेन्टीनो र रियन राष्ट्रपति भ्लादिमर पुटिनले संयुक्त रुपमा गरेका थिए । यो ट्रफीलाई विश्वका ५४ देशमा भ्रमण गराईने छ । सन् २०१८को सुरुवातसँगै श्रीलंकाको कोलम्बो पुर्याइएको यो ट्रफी पाकिस्तान र चीनमा समेत पु¥याइने छ ।
सन् २००६ देखि कोकाकोलाले फिफासँग लामो सम्झौता गरेर यो अभुतपूर्व ट्रफीको विश्वयात्राको सुरुवात गरेको हो । त्यति बेला यो ट्रफीलाई ३ महिना भित्र विश्वका ३१ देशमा पु¥याइएको थियो ।
सन् २०१० मा साउथ अफ्रिकामा भएको विश्व कपमा दिइएको ट्रफीलाई विश्वको ८४ देशमा पु¥याइएको थियो । त्यसमा ५० वटा अफ्रिकी मुलुकहरु समेत रहेका थिए ।
अहिलेसम्मकै धेरै देशमा भ्रमण गराईएको वल्र्डकप ट्रफी २०१४ ब्राजिल वल्र्डकपको हो । त्यतिबेला १० औं लाख फुटबलप्रेमिले यसलाई नजिकबाट नियाल्ने मौका पाएका थिए । त्यति बेला नेपाली फुटबलप्रेमीले समेत ट्रफीलाई प्रत्यक्ष देख्न अवसर पाएका थिए ।
२०१८ बल्र्डकप ट्रफी ५४ देशमा पुर्याइने छ । यसको सुरुवात श्रीलंकाबाट सुरु भएको हो । श्रीलंकामा भएको उक्त कार्यक्रममा कोकाकोला नेपालका कन्ट्री मार्केटिङ म्यानेजर गौरभ रामदेबले सहभागिता जनाएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x