Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

फेरी बढ्यो इन्धनको मूल्य

फेरी बढ्यो इन्धनको मूल्य

काठमाडौं, पुस १८ । नेपाल आयल निगमले नेपाल आयल निगमले सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।भारतीय आयल निगमले जनवरी १ मा पठाएको नयाँ मूल्य अनुसार निगमले पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य बढाएको छ। यो मूल्य आज (मंगलबार) देखि लागू भएको हो । निर्वाचन सकिएलगत्तै निगमले तीनपटक इन्धनको मूल्य समायोजन गरिसकेको छ ।
निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार, मूल्य समयोजनपछि पेट्रोल लिटरको १ सय २ रुपैयाँ र डिजल तथा मट्टितेल लिटरको ७९ रुपैयाँ पुगेको छ। हवाइ इन्धन आन्तरिकतर्फ तीन रुपैयाँ मूल्य बढेर ९० रुपैयाँ कायम भएको छ।

एलपीजी ग्यास प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढेको छ।उपभोक्ताले एक सिलिण्डर ग्यासको १ हजार ३ सय ७५ रुपैयाँ तिर्नुपर्नेछ। इन्धनको मूल्य समायोजनपछि पनि निगमलाई मासिक २६ करोड ४० लाख रुपैयाँ नोक्सानी हुने गोइतले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x