Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

फोब्सको सूचीमा दुई नेपाली महिला

फोब्सको सूचीमा दुई नेपाली महिला

काठमाडौं, १४ चैत । अमेरिकी व्यावसायिक पत्रिका फोब्र्स म्यागाजिनले ‘३० मा ३०’ अर्थात् ३० वर्षमुनिका प्रभावशाली एशियालीको सूची सार्वजनिक गरेको छ । यसमा दुई जना नेपाली महिला पनि छानिएका छन् । एशियामा रहेका ३० वर्षमुनिका ध्वंसात्मक आविष्कारक , नवप्रवर्तक र उद्यमीहरू समावेश छन् । यो वर्षको संस्करणमा ‘डिस्रप्शन एण्ड इनोभेशन’ नारा राखिएको थियो । फोब्र्सले हरेक वर्ष कम उमेरका कला, प्रविधि, उपभोक्ता, व्यवसाय, विज्ञान, इ–कमर्श, सामाजिक उद्यमशीलता लागयत १० विधामा उत्कृष्ट कार्य गरेका ३० वर्षभन्दा कम उमेरका ३० जना प्रभावशाली व्यक्तिलाई सूचीमा समावेश गर्दै आएको छ ।

यो वर्षको फोर्ब्सको सूचीमा सामाजिक उद्यमीतर्फ नेपालबाट आयुषी केसी र कञ्चन अमात्य पर्न सफल बनेका छन् । सूचीमा समावेश हुनेलाई आगामी जुलाईमा हङकङमा आयोजना हुने अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी हुने अवसर प्राप्त हुनेछ । सम्मेलनमा विश्वभरिका लगानीकर्ता र यस क्षेत्रमा सक्रिय संस्था तथा व्यक्तिहरूको सहभागिता रहने बताइएको छ । केसी फोहोर व्यवस्थापन गर्दैै आएको खालीसीसी डट कमकी संस्थापक हुन् भने अमात्य दिगो मत्स्यखेती अभियान (एसएफएफआई) नामक संस्थाकी अभियन्ता तथा उद्यमी हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x