Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

बजेटको मध्यावधिक समिक्षा आज हुदै

बजेटको मध्यावधिक समिक्षा आज हुदै

काठमाडौं, २३ फागुन । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०७४—७५ को बजेटको आज चार बजे मध्यावधि समीक्षा कार्यक्रम राखेको छ । मध्यावधि समीक्षा माघ महिनामै हुने गरेको भएपनि सरकार गठनको प्रक्रियाका कारण यो वर्ष समीक्षा केही ढिलो हुन लागेको हो ।

अर्थमन्त्री कृष्णबहादुर महराले पेश गरेको बजेटको मध्यावधि समीक्षा गर्ने क्रममा दुुई मन्त्री फेरिइसकेका छन् । मध्यावधि समीक्षा नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले गर्दैछन् । मध्यावधि समीक्षासँग आगामी वर्षको बजेट निर्माणको क्रम पनि शुरु हुनेछ ।

योजना आयोगमा उपाध्यक्ष नियुक्त भएपछि स्रोत समितिको बैठक बसेर मन्त्रालयहरुलाई सिलिङ दिएपछि मन्त्रालयहरुले सोही अनुसार कार्यक्रम बनाएर लाइन मिनिस्ट्रि बजेट इन्फरमेसन सिस्मटममा पठाउँछन् । जुन योजना आयोग, अर्थमन्त्रालय र सम्बन्धित मन्त्रालय बसेर अन्तिम रुप दिइन्छ । फागुनको अन्तिमसम्ममा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले पनि प्रदेश र स्थानीय सरकारलाई दिनुपर्ने अनुदानको आवश्यकता सम्बन्धमा अर्थमन्त्रीलाई जानकारी गराइसक्ने बुझिएको छ ।

बजेट समीक्षा तयार पार्ने क्रममा अर्थमन्त्रीले कर राजस्वको वृद्धिदर घट्दै गएको र यसलाई कसरी बढाउन सकिन्छ भन्ने सम्बन्धमा राजस्वका अधिकारीहरुसँग छलफल गरेका छन् । भन्सार मूल्यांकनलाई कडाइँ गर्न उनले सबै भन्सार प्रमुखहरुलाई निर्देशन पनि दिइसकेका छन् । चालु वर्षको बजेट समीक्षाका क्रममा पुँजीगत खर्च तर्फको प्रगति, राष्ट्रिय गौरव र पहिलो प्राथमिकताका आयोजनाहरुको प्रगति, राजस्व समीक्षा तथा आगामी दिनमा बजेटको लक्ष्य प्राप्त गर्न चाल्नुपर्ने कदमका सम्बन्धमा अर्थमन्त्रीले मार्गनिर्देश गर्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x