Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

बहुमतिय सरकार गठनले स्थायित्व दिलाउने, सरकार अब आर्थिक वृद्धि र समृद्धिमा नै केन्द्रित

बहुमतिय सरकार गठनले स्थायित्व दिलाउने, सरकार अब आर्थिक वृद्धि र समृद्धिमा नै केन्द्रित

काठमाडौं, २५ मंसिर । संघिय संरचना अनुसार मुलुकमा संघ, प्रदेश र स्थानिय गरि तिनवटै तहको निर्वाचन सम्पन्न भएको छ । पछिल्लो समय दुई चरणमा गरि सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पछि मतपरिणाम आउने क्रम जारी छ । मतपरिणामको आधारमा एमाले र एमाओवादी सहितको बाम गठबन्धनले अधिकांस स्थानहरुमा जित हासिल गरिसकेको छ । यस्तै लोकतान्त्रीक पार्टि कांगे्रसले भने बाम गठबन्धनलाई पछ्छाइरेहेको छ ।

संघिय संरचना अनुसार मुलुकमा तिनवटै तहको निर्वाचन सकिएको र मतपरिणामको आधारमा अब बाम गठबन्धनको सरकार बन्ने सम्भावना रहेको छ । यसरी बाम गठबन्धनले बहुमत ल्याएपछि बम गठबन्धनको स्थाई सरकार गठन हुने सबैले अड्कल लगाएको छ । मुलुकमा स्थाई सरकार गठन नभएको अवस्थाका कारण आर्थिक वृद्धि र समृद्धि तर्फ सरकारको ध्यान जान सकेको थिएन ।

‘विगतमा सरकारले स्थिायित्व सरकार बनेको थिएन, अव बाम गठबन्धनको सरकार बन्छ,’ योजना आयोगका पुर्व उपाध्यक्ष एवं पुर्व गर्भनर डा. युवराज खतिवडाले बताए । ‘सरकारको स्थायित्वले नीतिको स्थायित्व गराउँछ र मुलुकमा लगानी बढ्ने सम्भावना देखिन्छ,’ उनले भने । स्थायित्व सरकार नहुँदा स्वदेशी एवं विदेशी लगानीकर्ताहरु पर्ख र हेरको स्थितीमा रहेका थिए ।

विगतमा सरकार ढाल्ने र बनाउने प्रवृति मुलुकमा हावी थियो । सोहि कारणले पनि सरकार परिवर्तन भईरहन्थ्यो । तर अब स्थाई सरकारको गठनले सरकार ढाल्ने र बनाउने भन्दा पनि सरकारमा बस्ने मन्त्रीहरु आफ्नो काम र कर्तव्यमा केन्द्रित रहने अपेक्षा गर्न सकिन्छ । ‘अब सरकार मुलुकको आर्थिक वृद्धि र समृद्धिमा केन्द्रित रहने मौका पाउँछ,’ खतिवडाले भने ।

त्यसो त दलहरुको घोषणा पत्रमा पनि आर्थिक सम्वृद्धिका एजेण्डाहरुले मुख्य प्राथमिकता पाएको छ । सोहि अनुसार नागरिकहरुको पनि अपेक्षा रहेको छ । यसलाई मध्यनजर गर्दै सरकारसंगै संसदिय समितिहरु, अख्तियार, अदालत लगाएतका सम्पुर्ण संवैधानिक निकायहरुले पनि मुलुकको आर्थिक समृद्धि र पुर्वाधार निर्माणमा अवरोध नभई सहजिकरणमा ध्यान दिने अपेक्षा गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x